माल्कोटमा २४ औं महिला प्रतिरोध दिवस मनाईयो,महिलाहरुको सम्मान

इतिहास खेर जान नदिने अनेमसं (क्रा)को प्रतिवद्धता

२७ चैत्र ,कालिकोट । कालिकोटको माल्कोटमा विहिवार २४ औ महिला प्रतिरोध दिवस भव्य रुपमा मनाईएको छ ।
विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा ऐतिहासीक २४औं महिला प्रतिरोध दिवस मनाइएको हो ।
नेपालमा प्रतिक्रियावादी राज्य सत्ताको ध्वंस गर्दै जनयुद्धको वाटोमा अघि वढौं भन्ने मुलनाराका साथ नेकपा माओवादीले जनयुद्धको सुरु गरेको २ वर्ष पछि माल्कोटमा दमन गर्न गएको तत्कालिन सुरक्षाकर्मी संग महिलाहरुले ठुलो प्रतिरोध गर्ने साहास गरेका थिए ।

माओवादीको आरोपमा प्रहरीले निर्दोस महिला माथि माल्कोटको बिथलडाडामा २०५४ साल चैत्र २६ गते अमानविय दमन गरेपछि महिलाहरुले संगठित रुपमा प्रहरी माथि साहासीक प्रतिरोध गरेका थिए ।

निशस्त्र महिलाले शशस्त्र हतियार धारी प्रहरी माथि प्रतिरोध गर्दैगर्दा प्रहरीको भागदौड मच्चिएको थियो । अन्तत महिलाहरुले जनदमनमा गएको प्रहरीलाई लखेट्दै माल्कोट र कोटवाडाको सिमा क्षेत्रमा पर्ने ओढारमा लुक्न वाध्य भएको प्रहरीलाई आगो लगाएर भस्म पारेका थिए भने उनीहरुका हतियार कव्जा गर्दै नेकपा माओवादीलाई वुझाएका थिए ।

त्यही प्रतिरोधका क्रममा प्याउकला विक सहित केही महिला घाईते भए भने कालि वहादुर विकको प्रहरीको गोली लागी उच्च साहादत्त भएको थियो ।

आज भन्दा झण्डै २४ वर्ष अघि भएको यो साहासीक तथा ऐतिहासीक घटनालाई विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले साहासीक तथा ऐतिहासीक महिला प्रतिरोध दिवसको रुपमा मनाउदै आएको छ ।

सोही अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले २४ औं महिला प्रतिरोध दिवस धुमधामका साथ मनाएको हो । विहिवार माल्कोटको सेरापाटा माध्यमिक विद्यालयमा वृहत जनसभाको आयोजना गरि यो दिवस मनाएको छ । जनसभामा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष वन्दु चन्दले सम्वोधन गर्दै महिलाहरुको प्रतिरोधको सपना अझै पुरा नभएको र त्यो पुरा गर्न आफ्नो पार्टी लाग्ने वताउनु भएको छ ।

उहाँले महिलाहरुले केही गर्न सक्दैनन् भन्ने कुराको भ्रम चिर्न माल्कोटी महिलाहरुले उदाहरणीय काम गरेको प्रसंसा भन्दै प्रतिरोधमा सहभागी महिलाहरुलाई विशेष धन्यवाद दिनु भयो । जनसभामा नेकपाका केन्द्रीय सदस्य तथा भेरी कर्णाली व्युरो इन्चार्ज रवीले महिलाहरुको साहासीक कमदको आफ्नो पार्टीले सधै उच्च सम्मान गर्ने घोषणा गर्दै अझै विथोल्डाँडा जस्ता प्रतिरोधका घटनाहरु महिलाहरुले गर्न वाँकी रहेको वताउनु भयो ।
उहाँले जनयुद्धको सपना प्रचण्ड वावुरामहरुले आत्मसमर्पण गरेर तुहाएको र त्यो सपना पुरा गर्न विप्लव नेतृत्वको नेकपा लागी परेको उद्घोष गर्नु भयो । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका महासचिव धिरिन्द्रा उपाध्यायले महिलाहरुको प्रतिरोध कहिलै पनि विर्सन नसकिने र त्यसको उदेश्य पुरा गरि छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज रणदिप, व्युरो सदस्य विराट,जिल्ला सेक्रेटरी साहासी लगायतका नेताहरुको पनि सहभागीता रहको थियो ।

कार्यक्रममा विथोल्डाँडा प्रतिरोधमा सहभागी घाईते ८५ वर्षिय प्याउकला विक सहितका ६जना महिला लाई अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चन्दले एक एक कोरियन कम्मल, दोसल्लाह सहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गर्नु भएको थियो । कार्यक्रमको विच विचमा जनकलाकारहरुले क्रान्तिकारी गित संगीत वाट महिलाहरुलाई थप जुझारु तथा स्पातिलो वनाउने प्रस्तुतीहरु पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रम अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य शान्तीको अध्यक्षातामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस