उत्पीडित वर्गकाे अधिकारीका लागि विथलडाँडा विद्रोह: अर्जुन बिक

२६, चैत कालिकोट । माल्कोटको बिथलडाँडा घटेको ऐतिहासिक घटना उत्पीडित वर्गको अधिकारका लागि भएको एक स्थानीयले बताएका छन ।

स्थानीय अर्जुन बिकले २०५४ चैत २६ गतेको घटना नेपालकाे सामान्तवादी राज्यकाे उत्पीडनबाट मुक्त हुन चाहने महिलाहरूले स्वस्फूर्त विद्रोह गरेको बताए ।

ज्वाला खबर सँगकाे कुराकानीमा माल्कोट निवासी अर्जुन बिकले भने “जनयुद्धलाई दबाउन माओवादी आन्दोलनलाई सिध्याउन कुमालगाँउ इलाका प्रहरी कार्यालयबाट जनदमनका लागि माल्काेट विथाेलडाँडा पुगेको प्रहरीले प्याकला बिकलाई एकाएक गोली हान्दा विद्रोहको शुरुवात भएको हो ।”

उनले प्याउकला बिक घाइते भएपछि वरपरका घरका महिलाहरूले गाउँमा आवाज लगाए पछि सबै महिलाहरु प्रतिकारमा उत्रिएको बताए ।

अर्जुनले भने “कुमालगाउँ रातिमाटी हुँदै माल्कोट बिथोलडाँडा प्रहरी पुग्यो, विशेष गरी प्रहरीले माओवादी नेतृत्व खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई खोजि गरि आएको थियो, प्रकाण्डलाई नभेटेपछि अर्धपागल भएको प्रहरीले महिलामाथि अन्धाधुन्ध गोली प्रहार गर्याे र महिलाहरुले संगठित भएर प्रतिरोध गर्दै प्रहरी लाई लखेट्न पर्यो ।”

अर्जुनले घटनालाई स्मरण गर्दै भने “प्रहरीलाई लखेट्दै चिउरीमेला ओढारमा पुर्याएर वरपरका सबै महिलाहरुले आक्रमण गरे, प्रहरीले कहीँ जाने ठाउँ नपाई एउटा ओडारमा लुकेर बस्यो, त्यही भित्रबाट गोली हान्दा काेटबाडाका कालीबहादुर विकको साहदत भयो, आक्रोशित महिला पुरुषहरुले ओेडारमा आगो लगाए, हवल्दार सहित तीनजना प्रहरी मारिए अरू केही भागे, एउटा हतियार खोजेर धन्सरा विकले माओवादी पार्टीलाई बुझाइन ।

उनले त्यो विद्रोह जनताको सत्ता ल्याउने उद्देश्यले भएको भन्दै अहिले नेतृत्वको गद्दारीले जनताको सत्ता नआएको बताए ।

उनले भने “यो गणतन्त्र होइन, लुटतन्त्र हाे, त्यो दलाल व्यवस्था हो, त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था नआउदासम्म मालकोटी महिलाहरूको विद्रोहको उद्देश्य पुरा हुदैन ।”

प्रतिक्रिया दिनुहोस