२६ चैत, कालिकोट । माल्कोटको बिथोलडाँडामा भएको महिलाहरुको विद्रोहलाई विभिन्न परिघटनाका रूपमा परिभाषित गरिएको छ ।
माल्कोटका एक बृद्ध कटक कामी (अखडा) ले याे घटना महिला अधिकारका क्षेत्रमा नयाँ कृतिमान भएको बताए ।
उनको जनदमनमा उत्रिएको प्रहरीका लागि भने माल्काेट घटना चाेक्टा खान गएको प्रहरी झाेलमा डुबेर मर्याे भन्ने भएको बताए ।
ज्वाला खबर सँगकाे कुराकानीमा अखडाले २०५४ चैत २६ गतेका दिन कुमालगाउँबाट प्रहरी प्रकाण्डलाई पक्राउ गर्न बिथोलडाँडामा पुगेको बताए ।
अखण्डले भने “सर्वहारावर्गको नेतृत्व प्रकाण्ड माल्काेटमा नै थिए, पार्टी तालिमको तयारी चलिरहेको थियो, खास उनलाई समात्न प्रहरी बिथोलडाँडा पुगेको थियो, प्रहरीले प्याउकला बिकको घरमा एउटा माइक भेटेकै कारण प्याउकलालाई गोली हान्यो, त्यसपछि घटनाले उग्ररुप लियो ।”
प्रहरीमाथि सबै महिलाहरू आक्रोशित भएर लडाईमा उत्रिए अखडाले भने प्रहरीलाई रहगाड हुदै चिउरीमेला पुर्याएर पराजित पारे ।
स्थानीयवासी तथा घटनामा प्रत्यक्ष सहभागी अखडाले प्रहरी केही मारिए, केही भागे र एउटा हतियार खाेसेर माओवादी पार्टीलाई बुझाएको त्यो ऐतिहासिक तथा शाहसीक विद्रोह भएको बताए ।
उनले बिथोलडाँडा घटना तत्कालीन सरकारका प्रहरीको लागि चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने जस्तै भएको बताए ।
सामन्तवादकाे शोषण दमन र उत्पीडितको अन्त्य गरी नेपालमा जनवाद, समाजवाद, हुदै साम्यवाद सम्म पुग्ने लक्ष्यले जनयुद्ध सुरु भएको भन्दै अखड्काले भने त्यो लक्ष्य पुरा गर्न एउटा परिघटनाको रुपमा विथाेलडाँडा बिद्रोह थियो तर नेतृत्वको धोकाले पूरा हुन पाएन ।
अखडाले अब समग्र जनयुद्ध र बिथोलडाँडाको विद्रोहको सपना पूरा गर्न सबै लाग्नुपर्ने बताए ।
उनले बिथोलडाँडा विद्रोहलाई ऐतिहासिक र शाहसीक विद्रोह तथा प्रतिकृयावादी सत्ताको दमन विरूद्वकाे प्रतिरोध भएको बताए ।