भाद्र २४ कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीका स्वकीय सचिव खेम वहादुर सिंहले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै सत्तारुढ नेकपाका कालीकोट जिल्ला सचिवालय सदस्य कृष्णकला शाहीले गम्भीर आपत्ती जनाउनु भएको छ ।
उहाँले एक प्रेस विज्ञप्ती जारी गरि आफ्नो वढदै गएको लोक प्रियता प्रति पूर्वाग्रही भएर एउटै पार्टी भित्र सत्रुतापूर्ण व्यवहार प्रर्दशन गरेको भन्दै आपत्ती जनाउनु भएको हो ।
सचिवालय सदस्य शाहीले वनिवनाउ मिडियामा भ्रमछरी आफ्नो चरित्र हत्या गर्न खोजेपनि स्वयम सिंहले विगत र वर्तमानमा आफ्नै पार्टी , नेता र कार्यकतालाई ध्वस्त पार्ने गतिवधि गर्दै आएको दावी गर्नु भएको छ ।
विज्ञप्तीमा मुख्यमन्त्रीको स्वयकीय सचिव भएर शक्तिको दुरुपयोग गरि विभिन्न योजना र आयोजनामा मनलाग्दो कमिसन उठाएर सुर्खेतमा भूकम्परहित घर वनाएको र विर वहादुर कुवर सुरेशलाई मुख्यमन्त्रीको स्वकीय सचिव वाट षड्यन्त्र गरी हटाएर आफु भएको उल्लेख गरिएको छ ।
सरकारी कर्मचारीहरु सरुवा वढुवा गराइदिन्छु भन्दै लाखौ रकम घुसलिने गरेको,कमिसन नदिएपछि मानसिक यातना दिने गरेको, गाउँपालिकाका अध्यक्ष र कर्मचारीहरुलाई राजनीतिक धम्की दिने गरेको, मुख्यमन्त्रीकै पदको दुरुपयोग गरेको सर्वविदीतै छ विज्ञप्तीमा भनिएको छ ।
सचिवालय सदस्य शाहीले आफ्नो जारी विज्ञप्ती मार्फत मुख्यमन्त्रीका स्वकीय सचिव सिंह चारित्रीक हिसावले निच,साँस्कृतिक हिसावले छाडा, आर्थिक हिसावले भ्रष्ट, राजनीतिक हिसावले अराजकताको पराकाष्ठा भएको आरोप लगाउनु भएको छ ।
स्वकीयसचिव सिंहले केही दिन अघि किर्ते कागज गरि सहकारीको नाममा लार्खौ रकम लिएको भनेर शाही माथि आरोप लगाएको सार्वजनिक भएको थियो ।