भाद्र २४ गते कालिकोट । कालिकोटको पलाँतागाउँपालिका वडा नम्वर ५ खिन स्थित माथिल्लो सल्लीकोटमा ४महिना देखि अवरुद्ध भएको खानेपानी जनश्रमदान वाट निमार्ण गरिएको छ ।
चार महिना अघि पहिरोले खानेपानीको मुहान तथा पाईपलाईन सेवा अवरुद्ध गरेको थियो । दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा समाजसेवि पदम वहादुर विकको अगुवाईमा ४ महिना देखि अवरुद्ध भएको खानेपानी सेवा मंगलवारवाट सुचारु भएको जनाईएको छ । खानेपानी सुचारु भएपछि त्या आसपासका झण्डै दुई दर्जन घरपारिवारले राहत पाएका छन ।
स्थानीय देखि संघीय सरकार सम्म कसैले पनि जनताको समस्याको समाधान गर्न नसकेको वेला समाजसेवि विकको पहलमा अवरुद्ध खानेपानी सेवा सुचारु भएपछि स्थानीयवासी निकै हर्षित भएका छन ।
स्मरणरहोस ःयस अघि पनि विकको पहल र योजनामा लामो समय देखि अवरुद्ध विधुत सेवा समेत जनश्रमदान वाट सुचारु भएको थियो ।
यसैविच खिनकै खौला पहिरोका कारण ५० घरपरिवार विस्थापित हुन लागेका छन । पहिरोले ५० घरपरिवार वासोवास गरेको क्षेत्र पुग्न लागेको छ ।
आफुहरु ठुलो पानी पर्न लाग्दा जागाराम वस्नु परको स्थानीयवासीले वताएका छन । पहिरोको जोखिमका वारे स्थानीय सरकारलाई अवगत गराउदा पनि मुखर्दशक भएको स्थानीयले गुनासो गरेका छन ।