‘केपी ओली देश छोड्’ भन्दै साउदीमा विरोध प्रर्दशन


२४ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले केपी सरकारको विरोधमा प्रर्दशन गरेका छन् । श्रमिकहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरी विरोध पर्दशन गरेका हुन ।
कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका श्रमिकहरु स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका छन । श्रमिकहरुले नेपालका सडकमा हुने शैलीमै त्यहा विरोध प्रदर्शन गरका छन ।
नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखे पनि कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दिएको थियो ।
महिनौंदेखि विमान कुरिरहेका श्रमिकहरुको मंगलबार नेपाल उड्ने मिति तय भएको थियो । तर केपी सरकारका कारण तत्कालै आफूहरु स्वदेश जान नपाउने अवस्था देखेपछि श्रमिकहरु थप आक्रोशित हुदै विरोध प्रर्दशना उत्रिएका हुन ।
प्रर्दशनमा ‘केपी .., देश छोड’ देखि ‘नेपाली दूतावास खारेज गर’ केपी सरकार र दूतावास ‘मूर्दावाद’सम्म नारा लागेका छन ।

सरकारले अहिले केही गन्तव्यबाट सीमित मात्र नियमित उडान खोलेको छ । तर, कोरोना संक्रमण जाँच्न पीसीआर परीक्षण सहज नभएको भन्दै साउदीसहितका केही खाडी मुलुकमा चार्टर्ड उडान मात्रै गरिरहेको छ ।
नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली श्रमिकहरु छन त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् ।
रोजगारी गुमाएपछि त्यहाँ कामदारहरु महामारीको बीचमा पनि कम्पनीले राखेको सिंगो हलमा कोचाकोच गरेर बस्न बाध्य भएका छन् । कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गर्दा आफूहरु घर फर्किनबाट बञ्चित हुनु परेको नेपाली श्रमिकहरुले वताएका छन ।
साउदीस्थित नेपाली दूतावासका राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले फर्किन चाहनेको संख्या धेरै भएको र उडान सीमित रहेका कारण समस्या देखिएको वताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस