बर्ग, राज्यसत्ता र राजनीति

मानब समाजको उत्पती एक विशिष्ट परिघटना त हुदैहो तर मानव समाजको उत्पती संगै बर्गको उत्पती ले हालसम्मको समएसम्म समाज एबं मानवजाती नै एक अर्को बाट पिडित हुनु स्थाई प्रकारको समस्या जस्तो देखिन पुगेको ईतिहास ले सिद्द गरेको कुरा नै मानव जाती को उत्पती बर्ग को उत्पती र राज्यसत्ताको उत्पतीको बारे आ- आफ्नो दृष्टीकोण अनुसार व्याख्या त प्रस्त गर्नेको अभाव नै देखिदैन तर माथी उल्लेखित ३ कुराको स्थाई समाधान को बिषयमा ठोस धारणा विश्व बैज्ञानिक राजनितीक बिष्लेषक राजनितीककर्मी लगायत ले दिन नसक्नु नै हालसम्मको मुख्य समस्या हो । समाज जसरी नै चल्छ चलिहाल्छ जो जहाँ जसरी भएपनी भन्ने नितान्तै पुजिबादी धारणा ले बर्ग विभेद झन चर्किदै गएको छ ।

आजको यश युगसम्म आउदा यी लगायत तमाम प्रशन्नहरु बाट मानव समाज मुक्ती चाहान्छ भने दोहनकारी बर्ग र उसैको नेतृत्वमा रहेको राज्यसत्ता शोषण दमन अन्याय अत्यचार सहितको समाज कायमै रहोस भन्ने चाहान्छ । मानव समाज , बर्ग र राज्यसत्ताको मुख्य अन्तर बिरोध को चुरो यही हो । यसको हल गर्ने उचित बिचार नेतृत्व बिना असंम्भव छ । मानव समाजको उत्पती संगै जन्मिएको बर्ग विभेद र यस्को अन्त्यको लागि केही दार्शनिकहरुको बर्गिय चरित्रअनुसारको त्रुटीपुर्ण व्याख्या ले मानव समाज पुर्ण आधुनिक युगमा पुग्न सकिरहेको छैन ।

यस्को अर्थ २०औं सताब्धी पछी बिश्वमा दार्शनिकहरुको अभाव होकी भन्न पनि अन्याय नहोला भन्न सकिन्छ । जसरी १८औं सताब्धी देखि २० आैं सताब्धी सम्म महान दार्शनिक क कार्लमाक्स हेगेल , लेनिन, स्टालिन हुँदै माओ सम्म ले जसरी दार्शनिक नेतृत्व बिश्वलाई गर्दै आउनु भयो त्यस पछी को दार्शनिक संकट बिश्वलाई जो देखिएको छ यस्ले नै त्यो कुराको संकटको संकेत गर्दछ ।

मानव समाज बर्ग र राज्यसत्ता बिचको अन्तरबिरोध को बैज्ञानिक हल गर्ने भन्दा पनि विश्व कसरी हडप्ने भन्ने उत्तर साम्राज्यबादी बिचार हावी भएकै कारण विश्व ले देखिने संकट ब्यहोर्नु परिरहेको कुरा दिनको घामझै छर्लङ्ग छ यद्पी प्रायस भने जारी छ । तसर्थ बिगत सताब्धी देखि हाल सम्म को बर्गिय अन्तरबिरोध राज्य सत्ता र भैरहेको राजनिती बारे चर्चा परि्चर्चा आबश्यक छ ।

बर्ग

दास मालिको उत्पादन सम्बन्ध ले नै बर्गको उत्पती गरेको कुरा स्पस्ट छ । दास हरुको श्रममा मालिकहरुको अाबश्यक्ता भन्दा बढी उत्पादन हुनु र पछिल्लो समएमा मालिकहरु ले दासहरुलाई किनबेच गर्नु बाट शोषक बर्ग बलियो हुँदै र दास झन दास हुँदै बर्ग विभेद चर्किदै छ । जब दासहरु अधिकार का लागि बोल्न सुरु गरे त्यसपछी त्यस्लाई दबाउन राज्य सत्ताको सृजना अनबार्य ठान्ने बिचार जन्मिन थाल्यो ।

हुने खाने र बिपन्नहरु बिचको बर्ग विभेद को प्रकृया को सुरुवात नै दास र मालिक बिचको सम्बन्ध बाट सुरु भयो र हाल सम्म यो प्रकृया चलिराछ । बर्गको पुर्ण उन्मुलनका लागि राज्यसत्तामा आमुल परिबर्तन बिना संभव छैन भन्ने कुरा यसरी प्रश्ट हुन्छ । प्रकृतिक बिज्ञान संघर्षकै तुलनामा समाज बिज्ञानको उच्तम् बिकास नितान्तै आबश्यक भै सकेको छ समाज बिज्ञान को बिकासमा भएको ढिलाई ले यो अन्तरबिरोध को मारमा आजको मानव समाज छ ।

राज्यसत्ता मा परिबर्तन

मालिकहरु को लुट खसोट को स्वर्ग बचाउन र दासबिद्रोह दबाउन राज्य सत्ताको जन्म भएको कुरा बिज्ञान सिद्दकुराहो । बर्ग राज्यसत्ता र शसस्त्रबल अन्तर सम्बन्धित कुरा हुन । त्यसैले भन्ने गरिन्छ राज्य सत्ता भनेको एक बर्गले अर्को बर्गमाथी शासन गर्ने राजनिती अखडा हो ।

युग परिबर्तन संगै अन्तरबिरोध हरुको परिबर्तन पनि भयो तर चरपत्र कायमै रहन पुग्यो । दासयुगमा मालिक हरुको सामुहिक सम्पती हुन्थ्यो त्यसपछी दासहरुलाई प्रयोग गरेर मालिक हरुको निजी सम्पती हुन थाल्यो र र सामान्ती युगको सुरुवात भयो दास हरु गरिब र किसान मा परिणत भए । सामान्त नोकरशाह र दलाल पुजिपती बर्गहरु मिलेर बर्तमान राज्यसत्ता टिकिराछ र गरिब झन गरिबको अबस्था चरमचुलिमा पुग्दै छ ।

राज्य सत्ताको उत्पती भएको १० ००० बर्ष जति भयो सामान्त नोकरशाहा र दलालपुजिपतीहरुको जिबनमा जति गुणात्मक परिबर्तन आयो त्यस्को ठिक बिपरित गरिब किसान को जिबनमा संकट बढ्दो छ किन ? यस्को कारण हो बर्गिय राज्यसत्ता । त्यसैले क माओ ले राज्यसत्ता बाहेक अरु सबै भ्रमहो भन्नू भयो यस्मा अहिले पनी सान्दर्भिक्ता छ र पछी सम्म रहनृे छ ।

प्रतिस्पर्धात्मक पुजिवाद , एकाधिकार पुजिवाद , दलाल पुजिवाद , नोकरशाही पुजिवाद र निगम पुजिवाद को संरक्षणको निम्ति जुनसुकै मूल्य चुकाउन तयार हुनु बर्तमान राज्य सत्ताको दाहित्व भएका ले गरिब किसान हरुको संघर्ष को अपरिहार्य छ यस्को हल क्रान्ती बाहेक अन्य बाट नहुने कुरा बिगत इतिहास ले देखाई सकेको छ ।

राज्यसत्ता का साधनहरु अहिले पनि दलाल पुजिपती हरुको हातमा छन बर्तमान राज्य सत्तामा पात्र पार्टी बिषेस भएपनी यि सबी दलाल पुजिपती हरुकै नोकरको भुमिकामा छन । यस्को धेरै कारण मध्य एउटा कारण हो आधार परिबर्तबिना हुने उपरिसंरचना त्यसैले बर्तमान राजनितीक शक्तीहरु ले गल्ती गरेको नै यहीनेर हो ।

प्रतिक्रिया दिनुहोस