कालिकोटमा नेकपाको सरसफाई अभियान सुरु, मुख्यमन्त्रीको गाउँमा सावुन वितरण


२७ जेठ,कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले कोभिड –१९ बिरुद्ध सरसफाई तथा जनचेतनामुलक अभियान सुरु गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको गाउँ पचलझरना गाउँपालिकाको वडा नम्वर ९ कोटिलावाट विहिवार देखि यो अभियान सुरु गरेको हो ।
अभियान उद्घानको क्रममा कोटिला स्थित ६० घरधुरीका सर्वसाधारण जनतालाई नेकपाले एक –एक चक्की हात धुने सावुन वितरण गरेको छ ।
नेकपाका जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट),सेक्रेटरी रणदिप,जिल्ला सदस्य तखत,लोचन लगायतका नेता कार्यकर्ताहरुको सहभागीतामा एक कार्यक्रमका विच स्थानीय जनतालाई सावुन वितरण गरिएको नेकपाले जनाएको छ ।
नेकपाले स्वास्थ्य चेकजाँच सहितको औषधी उपलब्ध गराउने उद्देश्य राखि स्वास्थ्य सिबिर पनि संचालन गरेको जनाएको छ ।
अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष तथा नेकपाका प्रवक्ता खडक वहादुर विश्वकर्माका छोरा नरेन्द्र बिकको नेतृत्वमा स्वास्थ्य चेकजाँच सहित औषधि उपलव्ध गराउने अभियान सुरु गरिएको छ ।
कोभिड –१९ वाट कालिकोट जिल्ला समेत प्रभावित भएकाले जनतालाई स्वास्थ्य सतर्कता अपनाउने विषयमा जनचेतना फैलाउन यो अभियान सुरु गरिएको हो ।
सरकारी निकायवाट स्वास्थ्य सामग्री वितरण नगरिए पनि नेकपाले आफै पहल गरि स्वास्थ्य सामग्री वितरण सहित सरसफाई अभियान सुरु गरेको दावी गरेको छ ।
कोरोना विरुद्ध लड्न उच्च मनोवल दिन र जनतालाई कोभिड वाट वचाउन यस्तो काम गरिएको नेकपाको भनाई छ ।
नेकपाले जिल्लाका सवै स्थानीय तहमा कोभिड –१९ बिरुद्ध सरसफाई तथा जनचेतना मुलक अभियान सुरु गर्ने पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस