नेकपाको आयोजनामा वाँकेमा रक्तदान

 

 

२६,असार

वाँके । विप्लव नेतृत्वको नेकपा वाँकेको आयोजनामा शनिवार मेडिकल कलेज कोहलपुरमा रक्तदान कार्यक्रम भएको छ ।

रक्तदान कार्यक्रममा झण्डै ४४ जनाले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रमको जिल्ला इन्चार्ज दिपकले रगत दान सहित उद्घाटन गरेपछि रक्तदान गर्ने नेता,कार्यकर्ता तथा इच्छुक व्यक्तिले रक्तदान गरेका थिए ।

“वैज्ञानिक समाजवादको लागि स्वयम सेवक अभियान” “रक्तदान जीवन दान”भन्ने नाराका साथ रक्तदान कार्यक्रम भएको नेकपाले जनाएको छ ।

दशविगाह मेडिकल कलेज भित्र रहेको रेडक्रस नेपालको कार्यलयमा रक्तदाताहरुले रक्तदान गरेका थिए । रगत नपाएर विरामीले मर्नु नपरोस भनेर पार्टीको आयोजनामा रगतदान कार्यक्रम राखिएको हो । नेकपाले यस अभियानमा सहभागी सवैलाई धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस