असाेज २३ कालिकोट । समाजवादी माेर्चा कालिकोटको घाेषणा सभा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सम्मिलित चार दलीय समाजवादी मोर्चाकाे घाेषणा सभा कार्यक्रमले शैलेन्द्र चाैंलागाईकाे संयोजकत्वमा ८ सदस्यीय समितिकाे औपचारिक घोषणा सभा सदरमुकाम मान्ममा मंगलबार सम्पन्न भएको हाे ।
घाेषणा सभाले नेकपा (माओवादी केन्द्र) बाट संयोजक सहित एक सदस्य मनशाेभा बुढा, नेकपाबाट बलवान् सी र रमेश सी, नेकपा (एस) बाट चित्रसिंह गाउले र धिरबहादुर विष्ट, जसपा बाट माधव उपाध्याय र अलि सहकारी सहित ८ सदस्यीय समिति चयन गरेको छ ।
समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता लाई केन्द्रमा राख्दै मोर्चाले १० बुँदे अवधारण पत्र सार्वजनिक गर्दै स्थानीय तहसम्मकाे संगठनिक संरचना निर्माण गर्ने, अनियमितता ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्र, विकृतिको नियन्त्रण गरि सुशासन र समृद्धिकाे बाटोमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।
माेर्चाले संघीय लाेकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजका विशेषताहरूकाे पहिचान गरि नेपाली समाजवादको बाटाे अवधारण तयार गर्ने बताएको छ ।
सदियाैं देखि कायम रहेकाे वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गकि उत्पीडन, असमानता र विभेदहरूकाे अन्त्यकाे लागि निरन्तर जनपहल र जनदबाब सिर्जना गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेकाे कालिकोट बासीकाे विकास लाई विशेष प्राथमिकता बताएको छ ।
माेर्चाले कालिकोटको भाैतिक पूर्वाधार विकासमा सशक्त पहल कदमी लिइ चाँडै विमानस्थल संचालन र केवलकार समेत संचालन गर्ने दिर्घकालीन लक्ष्य लिदै गाउँगाउँमा व्यवस्थित सडक, विधुत, स्वास्थ्य शिक्षा खानेपानी लगायतकाे अभाव हुन नदिइ वस्ति समुदाय स्तरबाटै समाजवादको आधार तय गर्ने जनाएको छ ।
माेर्चाले समाजवादी अर्थ राजनीतिक व्यवस्था तर्फ कालिकोट जिल्लालाई अग्रसर गराउने प्रयत्न गर्दै एकाधिकारवाद तथा दलाल पुँजीवादकाे शाेषण र हस्तक्षेपकाे अन्त्यका लागि अघि बढ्दै जनतालाई जागरुक गराउने भएको छ ।
नेकपा (माओवादी केन्द्र) कालिकोटको संयोजक शैलेन्द्र चाैंलागाईकाे अध्यक्षता रहेकोे कार्यक्रमकाे संचालन नेकपा (एस) का जिल्ला उपाध्यक्ष चित्रसिंह गाउले गर्नुभएको थियो । कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी शाहासीले स्वागत मन्तव्य राख्नु भएको थियो भने जसपा जिल्ला संयोजक माधव उपाध्यायले अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
घाेषणा कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सीकाे प्रमुख आतिथ्यता रहेकोे थियो भने अतिथिहरूमा नेकपा (एस) का नेता तथा सविधानसभा सदस्य तुलराज विष्ट, नेकपा माओवादी कर्णाली प्रदेश सचिव धनजित शाही, नेकपा केन्द्रीय सदस्य तथा समाजवादी माेर्चा कर्णाली प्रदेश सदस्य विराट सी, नेकपा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, नेकपा (एस) का प्रदेश सदस्य विजया विष्ट, नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य तथा माेर्चाका कर्णाली प्रदेश सदस्य दिनेश चदारा, गंगा खड्का लगायतका नेताहरू रहेका थिए ।
प्रतिक्रिया दिनुहोस