युवा संगठन नेपालद्धारा इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा टिकापुरमा दिप प्रज्वलन

२२ असोज,कैलाली । युवा संगठन नेपालले इजरायलमा मारिएका नेपाली विद्यार्र्थीको स्मरणमा टिकापुरको खडक चोकमा दिप प्रज्वलन गरेको छ ।
युवा संगठन नेपाल पूर्वी कैलालीले मंगलवार साँझ दिप प्रज्वलन गरेको हो । युवा संगठन नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष दिनेश सीको उपस्थितिमा पूर्वी कैलाली जिल्लाका युवाहरुको सहभागितामा दिप प्रज्वलन कार्यक्रम गरीएको थियो ।

दिप प्रज्वलन कार्यक्रममा युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेशले मन्तव्य राख्दै प्यालेष्टिनीहरुको आक्रमणमा नेपाली युवा विद्यार्थीको ज्यान जानु दुखत भएको वताउनु भयो ।

उहाँले मृतक विद्यार्थी युवा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घरपरिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भयो । युवा नेता दिनेशले मृतक युवाहरुको शव नेपाल छिट्टो ल्याउन र घाईतेहरुको उपचार तथा उद्धार गर्न सरकार संग माग गर्नु भयो ।

उहाँले दलाल सत्ताका कारण युवा विदेशिनु पर्ने र एक अर्काको लडाईमा नेपालीले ज्यान फाल्नु पर्ने कारणले संगठन चिन्तित भएको वताउनु भयो ।
प्यालाष्टिनी इस्लामीक स्ट्ट समूह हमासले शनिवार इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस