स्टेचर अभाव हुन दिदैनः समन्वय समिति संयोजक शाही


असोज २३ कालिकोट । कालीकोट जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाहीले नरहरीनाथ गाउँपालिकामा स्टेचरको अभाव हुन नदिने बताउनु भएको छ ।

संचारकर्मी संग कुरा गर्दै संयोजक शाहीले सामाजिक संजाल तथा संचार माध्यममा नरहरीनाथ गाउँ पालिकामा स्टेचर नभएको प्रचार भएकोे प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोे र गम्भीर वनाएको वताउनु हो ।

उहाले विरामी पर्दा विरामीलाई ओसार पसार गर्न स्टेचर नहुनु अहिलेको अवस्थामा दयनिय अवस्था भएको वताउनु भयो । संयोजक शाहीले गाउँपालिका वाट माग सहित सिफारिस आएमा जिल्ला समन्वय समितिले केही स्टेचर उपलव्ध गराइदिने प्रतिवद्धता पनि जनाउनु भयो ।

विहिवार नरहरिनाथ गाउँपालिका वडा नं ४ कि मंगला सहकारीलाई स्वास्थ्य चौकी लैजानका लागि गाउँघरमा वनाइने काठको स्टेचरमा स्थानीयले बोकेको तस्बिर सामाजिक संजालमा सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस