अविरल वर्षाले कालिकोटमा ठुलो क्षति, १३ जना वेपत्ता

२४ असोज, काठमाडौं । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना वाढी र पहिरोले बेपत्ता भएका छन । उनीहरु तिला नदिको किनारमा मलामी गएका वेला वाढी र पहिरोले वेपत्ता गरेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । सो क्रममा १५ जना वेपत्ता भएका थिए । हिलोमा लतपतिएको अवस्थामा दुई जना भने सम्पर्कमा आएका छन । १३ जना अझै सम्म हराएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनु भयो ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताउनु भयो । ‘त्यहाँ करिब १०० घर छन् । बालबालिकाहरुसमेत गरी ५ सय जतिले स्कुलमा आश्रय लिएर बसेको अनुमान छ,’ उहाँले भन्न भयो ।
लगातारको पानीले जिल्लाको खिनमा पनि समस्या पारेको छ ।

खिनका स्थानीयवासीहरु गाउँ नजिकै पहिरो आएकाले घर छोडेर ओढारमा वस्न वाध्य भएको पदम विश्वकर्माले वताउनु भएको छ ।

उहाँका अनुसार “खोलामा वानीको वाहाव वढेकाले पुलहरु पनि वगाएको छ,आवत जावतमा कठिनाई भएको छ ।” यस्तै जिल्लाभर पानीले ठुलो क्षति पुर्याएको छ । जिल्लाका अन्य ठाउँहरुमा पनि केही मानिसहरु वेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस