बाढी पहिरोले पुर्याएको क्षेति प्रति नेकपा कालिकोटको दुख व्यक्त

२४ असोज,कालिकोट । अविरल वर्षाका कारण जिल्लाको तिलागुफा सहित विभिन्न ठाउँमा भएको मानवीय क्षेति प्रति नेकपा कालिकोटले गहिरो दुख व्यक्त गरेको छ । नेकपा कालिकोट जिल्ला इन्चार्ज विराट र पूर्व जिल्ला सेक्रेटरी रणदिपले सोमवार एक संयुक्त प्रेश विज्ञप्ति जारी गरी घटना प्रति गहिरो दुख व्यक्ति गर्नु भएको हो ।

जारी विज्ञप्तिमा तिलागुफामा वडाअध्यक्ष सहित १३ जना,वडा नम्वर ७ मा धुव्र विष्ट सहित पाँच जना,पचलझरना गाउँपालिकाको नुवाघरमा एक जना गरी १९ जनाको ज्यान गएको प्रति दुख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाले घर परिवार तथा आफन्तजन प्रति गहिरो समवेदना व्यक्त समेत गरेको छ ।

नेकपाले सो क्रममा करोडौको धनमाल नष्ट भएको र स्थानीयवासीलाई आवत जावत गर्न समेत अफ्ठेरो भएको प्रति चिन्ता व्यक्त गर्दै कार्यकर्तालाई उद्धार कार्यमा जुट्न निर्देशन दिएको छ ।

वाढी पहिरो वाट विस्थापितहरुको थप उद्धार गर्न र राहत उपलव्ध गराउन नेकपाले सम्वन्धि निकायलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस