२९ माघ, काठमाडौं । प्रहरी हिरासतबाट रिहा हुनु भएकी प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिनु भएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उहालाई पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उहालाई रिहा गरिएको छ ।
रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताउनु भएको छ । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पु¥याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उहाले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताउनु भयो । उहाले भन्नु भयो, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’