एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै अनुमोदन नगर्न युवा संगठन बाँकेको माग

२८ माघ बाँके । युवा संगठन नेपाल वाँकेले एमसीसीका वारे प्रधानमन्त्री सेर वहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीको कार्यालय अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि गम्भीर आपत्ती प्रकट गरेको छ ।

विहिवार प्रधानमन्त्री तथा मन्त्रीपरिषको कार्यालयलाई सम्वोधन गरि प्रमुख जिल्ला अधिकारी मार्फत वुझाईएको ज्ञापन पत्रमा देशभक्त युवाहरुलाई यस्तो कुराले स्तव्ध तुल्याएको भन्दै आपत्ति जनाइएको छ ।
युवा संगठन वाँकेका अध्यक्ष दिपक वुढाले हस्ताक्षेर गरेको ज्ञापन पत्र वाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई वुझाइएको हो ।
ज्ञापन पत्र मार्फत राष्«टप्रेमी देशभक्त युवाहरुले राष्ट्रघाती एमसीसी सम्झौता र यसका पक्षधरहरु विरुद्ध हरेक प्रकारको आन्दोलन गर्न वाध्य हुने चेतावनी दिएको छ ।

ज्ञापन पत्रको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस