सबैले गर्व गर्न लायक सहकारी बन्नुपर्छ: नेता भरत सी

असाेज २४, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी जिल्लामा रहेको हिमचुली कृषि सहकारी संस्थाकाे अध्यन अवलोकन भ्रमण गर्दै सबैले गर्व गर्ने लायक संस्था बन्नुपर्ने बताउनुभयो ।

मंगलबार सदरमुकाम मान्मा रहेकोे संस्थाको कार्यालयकाे अध्यन अवलोकन भ्रमण गर्दै संस्थाका अध्यक्ष कालिबहादुर महतारा, प्रबन्धक जगेन्द्र आचार्य, सहायक प्रबन्धक रूपेन्द्र ऐडि सँगकाे कुराकानीमा नेता भरत सीले यस्तो बताउनुभएको हाे ।

उहाँले तत्कालीन समयमा नेकपा माओवादी एउटै पार्टी हुदा सबैभन्दा पहिले सहकारीको प्रस्ताव आफूले गरेको स्मरण गर्दै अहिले संस्थाको प्रगति देखेर खुशी लागेको बताउनुभयो ।

उहाँले सहकारीको प्रगतिको लागि अध्यक्ष काली बहादुर महतारा सहित सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो । नेता भरत सीले संस्थाले पैसा लगानी गर्ने र अरबौं कमाउने भन्दा पनि सामाजिक उत्तरदायित्व अन्तरगत शेर सदस्य, सेवाग्राही र कृषकलाई कृषिमा सैलियत दिने र देशमै युवाहरूलाई राेजगारी सिजना गर्ने तर्फ लाग्नुपर्नेमा सुझाव दिनुभयो ।

उहाँले कृषिमा नवीनतम प्रविधि प्रयोगद्वारा कृषि उत्पादनमा वृद्धि ल्याई कृषि उपजमा आत्मनिर्भर बनाई कृषकलाई कृषि पेसा प्रति संस्थाले प्रोत्साहित गर्नेमा टेवा पुर्‍याउनेमा विश्वास ब्यक्त गर्नुभयो ।

अध्यन अवलोकन भ्रमणमा नेकपा केन्द्रीय सदस्य तथा समाजवादी माेर्चाका कर्णाली प्रदेश सदस्य विराट सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, कालिकोट जिल्ला इन्चार्ज बलवान् सीकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस