बाँकेमा धान उत्पादनमा वृद्धि


कार्तिक २६ वाँके । जिल्लामा यस वर्ष २५ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । गत वर्ष फौजी किराले धान खेतीमा क्षति गरेका कारण बाँके लगायत देशभर धान उत्पादनमा कमी आएको थियो । बाँकेमा यस वर्ष ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक हेक्टरमा करिब ४.३ मेट्रिक टन उत्पादन हुने गरेको छ । बाँकेमा यस वर्ष करिब १ लाख ५६ हजार ९ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्षको भन्दा २५ प्रतिशतले बढी हा े।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको बताउनु भयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा ४० हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ । लिमिटेडले मोटो धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ खरिद गर्ने योजना बनाएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस