दाङमा ट्रक र मोटरसाईकल ठोक्किदा ३ जनाको मृत्यु


कार्तिक २६ दाङ । मंगलवार राती भएको सवारी दुर्घटनामा परि दाङमा तीन जनाको मृत्यु भएको छ । देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा ट्रक र मोटसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ३३४४ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा ५ प ६७३३ नम्बरको मोटरसाईकल ठोक्किएका हुन् । दुर्घटनामा परि मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनीयाका मनोज गाहा, मोटरसाईकलमा सवार राप्ती गाउँपालिका २ का कसम पुन र राप्ती गाउँपालिका पिपरीका दिनेश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिनु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस