पछि हट्दिन र राजीनामा दिदैन ःप्रधानमन्त्री


कार्तिक २६ संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताउनु भएको छ । उहाँले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताउनु भयो ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुग्नु भएका ओलीले यस्तो अभिव्यक्ति दिनु भएको हो । उहाँले आफूले कुनै पनि हालतमा राजीनामा नदिने पनि दोहो¥याउनु भएको छ ।
चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी र जोगवनी ,खाँदबारी,किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस