कार्तिक २५, कालिकोट । ऐतिहाँसी भूमि मालकोट सल्लारूखका स्वर्गीय राईकला बिककाे अन्तिम दाहसंस्कारमा नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले बुधबार पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो भूमीका खेलेको स्मरण गर्दै उहाँको निधनले पार्टी र मालकाेट बासिलाई ठुलो क्षेती पुगेको भन्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवाजनमा गहिरो समवेदना व्यक्त गर्नुभएकाे हाे ।
७५ वर्षकाे उमेरमा समान्य बिरामीले उहाँको आफ्नै घरमा निधन भएको थियो । उहाँको छाेरा चन्द बिक र २ छाेरी गरी ३ सन्तान रहेका छन ।