बिषय प्रबेश
आम शोषित पीडित श्रमजीवि बर्गको पूर्णमुक्तिका खातिर तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा संचालित महान जनयुद्धले आफ्ना गौरबमय २७ बर्ष पूरा गरी २८ बर्ष प्रबेश गरेको छ । यो महान अवसरमा सवै जनयुद्धप्रेमी आम जनसमुदायमा शुभकामना व्यक्त गर्दछु । खास गरेर जनयुद्ध किन भयो ? केका लागि भयो ? आज कता पुगेको छ ? राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा जकडिएको विभेदलाई समाज रुपान्तरणको लक्ष्य बोकेर उदाएको जनयुद्धरुपी लालकिरण आज कुन अबस्था बाट गुज्रिरहेको छ ? यसले आफ्नो गन्तब्यको यात्रा पूरा गर्यो या गरेन ? जनयुद्धकालिन स्थापित एजेण्डा पूरा गर्याे वा छोड्यो ? लक्ष्य प्राप्तिको अभिलासा सहित बलिदान गर्ने महान वीर बिरंङ्गनाहरुको रातो रगत लाई कुल्च्यो या शिर्रोधार्य गयो ? जनयुद्धका सिपाहीहरु सिपाहीको स्तरबाट माथि छन् वा छैनन् ? कम्ब्याडले सज्जिएका जनमुिक्त सेना बिर्सजन पछिको अबस्था कस्तो रहेकोछ ? खोजी भयो या भएन ? जनयुद्ध प्रेमीहरुको दिनचर्या कसरी बितेको छ र जनयुद्ध लडाउने नेताहरुको दिनचर्या कसरी बितेको छ ? हिसाब छ या छैन ? माओवादीहरु माओवादी भएकोमा गर्भ गर्छन वा पश्चाताप ? यी र यस्ता तमाम प्रश्नहरुले समाज र माओवादी मनहरुलाई तीर हानिरहेको छ । यो सानो लेखमा कोट्याउने प्रयास गरेको छु ।
हलो कोदालो र डोको नाम्लोमा रमाईरहेका किसान मजदुरहरु र स्कुलले युनिफर्ममा सज्जिएका नौ जवान युवाहरु झोलामा कपिकलम थन्काएर परिबर्तनको अभिलासा बोकी जनयुद्धमा ज्यान हत्केलामा राखेर माओवादी पार्टीमा सामेल भए । हामी यो देशलाई बर्षौ देखिको अर्धसामान्ती र अर्धऔपनिबेशिक शोषणबाट मुक्त गर्ने छौ र नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्नेछौ र आम नेपालीको मुहार फेर्ने छौ, बरु बलिदानको कोटा चुक्ता गर्ने छौ ।
हामी झुक्ने छैनौ । कायर र काँतरहरुको जीवन ज्यूने छैनौ यो आदर्श बोकेर नथाकी पार्टी निर्देशनको पालना गर्दै अगाडि बढ्यौे । जनयुद्ध विजयको सन्निगढ नजिक पनि पुग्यो । तत्कालिन सत्ताका विरुद्ध रणनैतिक प्रयात्अक्रमणको चरण सम्म जनयुद्ध पुग्यो । दिन प्रतिदिन विजय, पराजय र फेरि विजयको चक्करयुक्त बाटो हिड्यो । कार्यकर्ता जनता कहिल्यै बिचलित भएनन् । कार्यकर्ता र जनताहरुले नत विजयको तिथि मिति देखेका थिए नत पराजयका खाडलहरु नै देखेका थिए उनीहरु निरन्तर अघि बढ्ीरहे,मात्र मुक्ति या मृत्युको कसम आएर । त्यो केवल लिडरसिपको बिश्वासले मात्र थियो । कार्यकर्ता जनताको अघात बिश्वास नै विजयका मोर्चा थिए । थुपै युद्ध मोर्चा विजय वनेका थिए । सुन्दर नेपाल, वैज्ञानिक समाजवाद हुदै साम्यवादी व्यवस्था लागू भएको नेपाल, कार्यकर्ता र जनताको सपना थियो । जसले गर्दा जनयुद्धको चमत्कारी विकास र विजय हुदै आएको थियो तर नेतृत्वले संसदीय व्यवस्था सामु गरेको आत्मसमर्पणले धोका भयो । अव जनयुद्धको पसना एकीकृत जनक्रान्तिले मात्र पुरा गर्नेछ ।
जनयुद्ध क्षेति विना उपलब्धीत थिएन । जनयुद्धको यात्रा पनि यसको अपबाद हुन सक्दैनथ्यो यसै बिषयमा क लेनिन भन्नू हुन्छ “युद्धकस्तो हुन्छ भन्ने कुरा तपाईं जान्न चहानुहुन्छ भने युद्ध गर्नुहोस” भने जस्तै समाजमा अन्याय शोषण , दमन ब्याप्त थियो यस्तो समाजलाई विशेष गरि युवाहरुले बदल्न चाहान्थ्यो र सम्पूर्ण खाले शोषण उत्पीडनबाट मुक्त समाज चाहान्थ्यो । ठिक यसै समय २०५२ साल फाल्गुण १ गते जनयुद्धको सुरुवात भयो र युद्धमा लेनिन कै भनाई अनुसार बुझ्न र लागू गर्न सम्पूर्ण शक्ति लामबद्ध भयो । बुझेर लाग्यो वा लहटमा लाग्यो फरक कुरा हो । यही कुराको सन्दर्भ लिएर लेनिन भन्नू हुन्छ “ कुनै पनि क्रान्तिको बाटो सुरुमा पुरापुर देख्न सकिँदैन र अनेक पटक अन्धकारमा पाईला चाल्नु पर्नेछ अध्यारामा छामछाम छुमछुम गर्नु पर्ने छ तर अघि लम्कने तरिका चाहिँ यही नै हो ।” यही भनाई हामी जनयुद्ध प्रेमीको जीवनमा लागू भयो । हार्दै जित्दै लड्दै पड्दै यात्रा जारी राख्यौ एक अर्का प्िरत संका बिश्वास तर बिश्वास गरिरहेयौ । गाउँमा पुरानो प्रतिक्रियावादी सत्ताका स्थानीय निकायहरु रित्तिदै खाली हुने क्रम र त्यसको स्थानमा जनताको जनवादी सत्ता धमाधम घोषणा हुने क्रम निकै तिब्र रुपले चल्यो आधार ईलाकीय कामकाजमा जनता पार्टी अभ्यस्त भैसकेको थियो । जनतामा ठूलो आशाको किरण देखिन्थ्यो ।
माओवादी नभएको गाउँ थिएन बलिदान नभएको ठाउँ रहेन यस्तो अबस्थाबाट अगाडि बढीरहेको माओवादी आन्दोलन राष्ट्रिय रुपमा मात्र हैन अन्तराष्ट्रियरुपमा समेत स्थापित भैसकेको सन्दर्भमा क्रान्तिका नायकको उपमा पाएका क प्रचण्ड र बाबुराममा बिचित्रको आत्मसमर्पणको वीज भित्र भित्रै उम्रिएको दोस्रो तहका लिडरहरुले समयमै बुझन सकेन । कथित कार्यनीतिको बाहाना बनाएर ठोस बस्तुको ठोस विश्लेषणको गलत व्याख्या गर्दै दरवार हत्याकाण्ड पछिको बिकसित घटनाक्रमलाई आधार बनाउदै १२ बँुदे सहमति हुँदै विस्तृत शान्ति सम्झौता सम्म आउदा जनयुद्धको बिधिवत अन्त गरियो । ‘रिघिघुमी रुम्झाटार’ भनेजस्तै अघोषित रुपमा संसदीय ब्यबस्थाको हिस्सेदार बन्ने माओवादी केन्द्रको प्रकृया सुरु भयो र माओवादी जनयुद्धको उपलब्धीको रक्षाको बाहाना बनाउदै संघीयता , धर्म निरपेक्षता समाबेशिता जस्ता नाराहरु मार्फत अध्ययन गर्दै गराउदै माओवादी आन्दोलनलाई संसदवादी आहालमा डुवाउने नयाँ अबतार देखेपछि पार्टीभित्र चर्को दुईलाईन संघर्षले स्थान लियो र माओवादी आन्दोलनमा संसदवादका विरुद्ध विद्रोह प्रकृया सुरुवात भयो ।
प्रचण्डवाट वैद्यको नेतृत्वमा माओवादी विभाजन भयो । त्यसपछि पनि वैद्यको यथास्थितिवादी लाईनवाट पनि पार्टीले विद्रोह गर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लवको नेतृत्वमा जन्मियो । प्रचण्ड द्धारा जनयुद्धको यात्रामा पूर्णबिराम लगाईयो । जुन उद्देश्यका साथ संसदवादी दलले बार्ताको कार्ड फ्याकेका थिए त्यो उद्देश्यमा उनी सफल भए तर देशले गरेको अपेक्षा पूरा भएन हुने कुरा पनि थिएन । युद्ध या क्रान्ति निर्णायक बिजयमा नपुगेन्जेल एक न एक क्रान्तिकारी शक्ति जाग्नु समाजबिकासको अनिबार्य नियम संगत कुरा हो । जनयुद्ध बारे जुन भ्रमहरु छन ः किन छन भन्दा जनयुद्धको पूर्ण बिजय बिना यी भ्रमहरुको अन्त नहुनु अनौठो कुरा होईन रहिरहन्छ किनकी जित्नेगरी उठान गरिएको जनयुद्ध सम्झौतामा तुहाए पछि यस्तै हुनु थियो र भयो । यति मात्र होईन बिस्थापित गर्नु पर्ने शक्ति स्थापित भयो स्थापित हुनु पर्ने शक्ति बिस्थापित भयो यी सबै कुरा यसैको परिणामहरु हुन भन्दा अतिशयुक्ति नहोला । २८ औ बार्षिकउत्सको अबसरमा यतिकुराको स्मरण अनिबार्य हुनु अस्वभाबिक बिल्कुल हुदैन ।
“सुन्दर नेपाल, वैज्ञानिक समाजवाद हुदै साम्यवादी व्यवस्था लागू भएको नेपाल, कार्यकर्ता र जनताको सपना थियो । जसले गर्दा जनयुद्धको चमत्कारी विकास र विजय हुदै आएको थियो तर नेतृत्वले संसदीय व्यवस्था सामु गरेको आत्मसमर्पणले धोका भयो । अव जनयुद्धको सपना एकीकृत जनक्रान्तिले मात्र पुरा गर्नेछ”
अधुरा सपना र हाम्रो दाहित्व
जनयुद्धको सुरुवात देखि बिधिवत अन्त सम्म आउदा जनता लाई युद्धमा हाम फाल्न तयार गर्ने माओवादी पार्टी संग बलिया एजेण्डाहरु थिए जो आज सम्म आउदा त्यो शक्तिले पुराको पुरै छोडेको छ र खोजीकार्य जारीरहेको छ । त्यो मध्यको पहिलो सपना हो ब्यबस्था , संबैधानिक संसदीय राजतन्त्रात्मक बहुदलीय ब्यबस्थाको ठाउँमा नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको सपना र यसप्रति भएको जनस्कुलिङ्ग जसले जनतामा ठूलो जागरण ल्याएको थियो । मुठ्ठीभर ब्यक्तिहरुको हातमा रहेको नोकरशाही पूँजी र अधिकांस जनताले भोग्दै आएको गरिबीको चक्रब्यूबाट अगाडि बढीरहेको समाज लाई यो एजेण्डा ले चुम्बक झै तानेको थियो । बाहिर र भित्र निजीकरणको अन्तको नारा निकै स्थापित थियो । सामुहिकता तिर समाज क्रमशः अग्रसर गराउदै थियो ।
तत्कालिन पार्टी नेतृत्वमा आएको बैचारिक बिचलनता र बर्गप्रतिको निष्ठा गुम्दै जानुले सपना सपनामै सिमित रहे । ब्यबस्था परिबर्तन संगै जनतालाई गाँस , बाँस, कपास, स्वास्थ्य, शिक्षा , रोजगारी र स्वाधीनता संग सम्बन्धित तत्कालिन नाराले निकै ठूलो स्थापितको स्थान लिएको माओवादी पार्टी जनताको आशा र भरोसाको केन्द्र बनेको नै थियो । आज त्यो सबै सपनामा सिमित हुदा घृणा आक्रोस र आबेग मात्र जन्माएको छ । कसैले खाडी मुलुकबाट बिचलित नेतृत्वलाई सत्तोसराप गरिरहेको छ भने कसैले बिगतका आधार ईलाकाको झुपडीको आगनबाट कसैले आफू रहेको माटोमुनीबाट त कसैले आशु पसिना चुहाएको भुमिबाट यसबाट तत्कालिन नेतृत्वले कुनै पनि सहज बाटो बाट उन्मुक्ति पक्कै पनि नपाउने कुरा पक्कापक्की देखिन्छ । तथापी यिनै अधुरा सपनाले माओवादी आन्दोलनलाई बिर्सजित हुन दिने थिएन र छैन पनि क्रमशः माओवादी आन्दोलन नयाँ बिचार,नयाँ नेतृत्व र नयाँ कार्यदिशाको संश्लेषण , बिकास र प्रयोग सहित सुसंगठित हुँदै अगाडि बढ्दै आईरहेको छ ।
जनयुद्धको एउटा हिस्सा सकिए पनि बाँकी कार्यभारका लागि अगाडि बढ्ने जमर्को नेपाल कम्युष्निट पार्टीले गरिरहेकै छ । एकीकृत जनक्रान्तीको सुनौलो र बस्तुसंगत बैज्ञानिक कार्यदिशा बोकेर अगाडि बढीरहेको छ । बैज्ञानिक समाजवादको रानीतिक लक्ष्य सहित क्रान्तिको यात्रालाई जारी राखेको पनि साढे नौ बर्ष भैसकेको छ आजको समाजको बस्तुसंगत व्याख्या र बिशेषता सहित अगाडि बढीरहेको एकीकृत जनक्रान्तिलाई बिजयको गन्तव्य सम्म पुर्याउनु र चिहान घाटमा पुगेको संसदीय ब्यबस्था कुरुप अनुहार सहित जसरी पुर्नजीवित भै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक दलाल पूँजीवादी संसदीय ब्यबस्थाको रुपमा आएको छ यसको अन्तका लागि युद्धहोईन एकीकृत जनक्रान्ति मार्फत अगाडि बढ्नु आजको आबश्यता हो । गलत नीति नेतृत्व र ब्यवहारको पछि लाग्दा परिणाम सहि र असल आउने पक्कै पनि थिएन र आएन पनि ।
आज नाम मात्रको जीबित माओवादी केन्द्र पार्टीको हालसम्मको परिणाम ले यही तथ्य लाई उजागर गरेको छ । तसर्थ नयाँ बिचार नयाँ नेतृत्व बैज्ञानिक कार्यदिशा आजको आबश्यता हो यसैको उपज हो एकीकृत जनक्रान्ति ! जनयुद्धका अधुरा सपनाहरु एकीकृत जनक्रान्ति मार्फत अबश्य पूरा भै छाड्ने छन् । वास्तविक सहिद, घाईते अपाङ्ग, ब्यपत्ता र जनयुद्ध प्रेमी जनसमुदायको आशा एकीकृत जनक्रान्ति मार्फत पूरा हुनेछन् । हामी बिश्वस्त मात्र हैन दायित्वबोधका साथ एकताबद्ध हौ । जनयुद्धका अधुरा सपना पूरा भएरै छाड्नेछन् । जनयुद्ध – जिन्दावाद ! एकीकृत जनक्रन्ति – जिन्दावाद !
(लेखक नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस