२७ भदौ, काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुलाई सरकारले घोर अन्याय गरेको छ । पीडितहरुको न्यायका लागि सोमवार निकालिएको विरोध प्रदर्शन माथि प्रहरीले चरम हस्तक्षेप गरेको छ ।
मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न राजधानी पुगेका पीडितहरुले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेर माइतिघर मण्डलामा पुग्ने योजना वनाएका थिए ।
उनीहरूले ¥यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको छ र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनमा सहभागी ५०–६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनमा सहभागी भएका कुलबहादुर थापाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन् ।
वेला वेला आन्दोलन गर्दै आएका पीडितहरुको माग प्रति सरकार वेखवर भएपछि पीडितहरुले आन्दोलन गर्न थालेका हुन
।
प्रतिक्रिया दिनुहोस