कालिकोटमा ‘सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध’ अभियान सुरु

२६ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोट जिल्लाले ‘सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध अभियान’ मंगलबार देखि जिल्लामा सुरु गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोटले जिल्लाको जिम्जेडीमा एक औचारिक कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका संयोजक विराट सीले पार्टीको झण्डा अभियान टिमलाई हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नुभएको थियो ।

अभियानको उद्घाटनका क्रममा भनाई राख्दै केन्द्रीय सदस्य विराटले ‘सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध अभियान’ले पार्टीलाई नयाँ ठाउँमा उठाउने बताउनुभयो ।

उहाँले अभियानका बेला पार्टी कमिटिहरु पनि सुदृढ गर्दै लिन र जनतासंगको सम्वन्ध पनि प्रगाड बनाउन अभियान टिमलाई निर्देशन दिनुभयाे ।

नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीले अभियानको लक्ष्य र उद्देश्य पुरा गर्ने गरी अगाडि बढन अभियान टिमलाई सुझाव दिनुभयो ।

अभियानको उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले अभियान नयाँ र विगतका भन्दा फरक भएको बताउनु भयो । अभियानको उद्घाटन कार्यक्रमको अध्यक्षता पूर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन हस्त सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस