१ फागुन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्लाको छैटौं पूर्ण बैठक जारी रहेको छ ।
आज जनयुद्ध दिवस परेकाले एकदिनका लागि वैठक स्थगीत गरिएको र भोली सम्म सक्ने लक्ष्य रहेको जिल्ला सेक्रेटरी साहासीले जानकारी दिनु भयो । वैठकमा ६ महिने पार्टीको कार्ययोजना निमार्ण गर्ने वारे छलफल जारी छ ।
वैठकमा नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक,नेकपा केन्द्रीय सदस्य तथा कर्णाली राष्टिय मुक्ति मोर्चाका संयोजक विराट, नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वलवान र नेकपाका केन्द्रीय सदस्य अविचल लगायतका अतिथि नेताहरुको सहभागीता रहको छ ।
आईतवारवाट सुरु भएको वैठक जिल्ला सेक्रेटरी साहासीको अध्यक्षतामा वसेको छ ।
प्रतिक्रिया दिनुहोस