दलित पत्रकार संघ द्धारा पत्रकार महासंघको निर्वाचित समितिलाई स्वागत


३१ चैत्र,कालिकोट । राष्ट्रिय दलित पत्रकार संघ,नेपाल जिल्ला कार्यसमिति कालिकोटले नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक वधाई सहित स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएको छ ।
मंगलवार विहान सदरमुकाम मान्ममा वधाई तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि राष्ट्रिय दलित पत्रकार संघले नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिलाई वधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएको हो ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य वसन्त विकले भरतराज विष्टको नेतृत्वको निर्वाचित कार्यसमितिलाई दलित पत्रकार संघको तर्फवाट हार्दिक वधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
उहाँले पत्रकार महासंघ सवैको साझ हुने विश्वास व्यक्त गर्दै दलित पत्रकार संघ नेपाल पत्रकार महासंघको प्रतिस्पर्धी नभई परिपूरक भएको वताउनु भयो ।
वधाई तथा शुभकामना आदान प्रदान कार्यक्रमका क्रममा केन्द्रीय सदस्य विक र जिल्ला कार्य समितिका अध्यक्ष रमेश सुनारले नव निर्वाचित महासंघको पदाधिकारीहरुलाई खादा तथा अविर आवरण गरि स्वागत गर्नु भयो ।


सो अवसरमा नवनिर्वाचित नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले आफ्नो कार्यकालमा दलित पत्रकार कोष स्थापना गरि दलित पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले दलित पत्रकार संघलाई आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने विश्वास दिलाउदै कार्यक्रमको आयोजना गरि वधाई तथा स्वागत गरेकोमा दलित पत्रकार संघलाई आभार सहित धन्यवाद दिनु भयो ।
वधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रेश युनियनका पुष्पराज भट्टराई, प्रेश चौतारी नेपालका विश्वनाथ सिम्खाडा, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश सदस्य कर्ण विश्वकर्मा, रेडियो प्रदेश आवाजका प्रेरणा विक, दलित पत्रकार संघका कालिकोट उपाध्यक्ष वहादुरे संगीत प्रेमी, सचिव मान वहादुर विक, लगायतले वोल्दै नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना सहित वधाई दिनु भएको छ ।
कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघका जिल्ला अध्यक्ष रमेश सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैविच यसअघि साहित्य प्रतिष्ठान कालिकोट शाखाले पनि मंगलवारै एक कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित कार्यसमितिलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना दिर्दै स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस