२७ असोज, काठमाडौं । रुस र युक्रेनका बीचको युद्धका विषयमा करिव ४० देशले रुसको समर्थन गरेका छन ।
संयुक्त राष्ट्रसंघको साधारणसभा ३५ देश उपस्थित नभएर अघोषित रुपमा रुसको समर्थन गरेका छन ।
यस्तै रुस,वेलारुस,उत्तरकोरिया,निकारागुवा र सिरियाले भने संयुक्त राष्ट्रसंघको साधारणसभामा खुलेरै युक्रेन विरुद्ध मतदान गरेर रुसको समर्थन गरेका छन । साधारण सभामा चीन,भारत,पाकिस्तान,श्रीलंका लगायतका देशहरु मतदानमा भाग नलिएर रुसको समर्थन गरेका छन ।
संयुक्त राष्ट्रसंघको साधारणसभामा एक सय ४३ सदस्य देशले भने युक्रेनका पक्षमा मतदान गरेका छन । नेपालको दलालपूँजीवादी सरकारका प्रतिनिधि अमृत राईले पनि युक्रेनको पक्षमा मतदान गरेका छन् ।
साधारण सभाको प्रस्तावमा ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत संग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ’ भनिएको छ ।
यो प्रस्तावको रुसले भने तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिन माग गरेको थियो ।