२७ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको आज भइरहेको समूहगत छलफल सवै समूहको सकिएको छैन । वन्दसत्रमा २० वटा समूह विभाजन गरेर समूहगत छलफल सुरु भएको थियो । दिनभर सवै समुहहरु छलफलमा जुटेपनि केही समुहको मात्र छलफल सकिएको छ ।
धेरैजसो समूहहरुको छलफल सकिन वाँकी छ । भोली विहान खाना खादा सम्म समुहगत छलफल हुने छ । समूहहरुले राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव माथि छलफल गरिरहेका छन । समूह छलफलमा पार्टीका केन्द्रीय सदस्यहरु भने नवस्ने र उनीहरुले सहजिकरण गर्ने नीति वनाईएको छ । महाधिवेशनको वन्द सत्रमा पार्टीको तर्फवाट महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन, विधानको प्रस्ताव र सचिवालय सदस्य संतोष वुढा मगर (विषम)ले पेश गरेको जातीय प्रस्तावका विषयमा समूहगत छलफल भइरहेको छ ।
प्रत्यक समूहमा करिव २२ देखि २५ जना वरावरको सदस्य संख्या तोकिएको छ । २० वटा समूहले आ आफ्नो समूह वाट एउटा समूह नेता चयन गरेका छन । समूह नेता समक्ष समूहका सदस्यहरुले आ आफ्ना सुझावहरु टिपाईरहेका छन । सुझाव टिपाउने क्रम सकिएपछि भोली वन्दसत्रमा सुझावहरु पेश गर्नेछन ।
समूह विभाजनमा जिल्ला,विभाग,मोर्चा स्वयम सेवक,जवस,विदेश विभाग,प्रवास,कलाकार लगायतका विभिन्न क्षेत्रका प्रतिनिधि पर्यवेक्षकहरुलाई राखिएको छ । महाधिवेशनको वन्दसत्रमा कुल प्रतिनिधि पर्यवेक्षकहरु ५६० जना रहेका छन । करिव १५० जनाको स्वयसेवक संख्या रहेको छ ।
प्रतिक्रिया दिनुहोस