२७ मंसिर,कालीकोट । नेकपा निकट युवा संगठन नेपाल कालिकोटको दोस्रो पुर्ण बैठक एमसीसी खारेजीको अभियानमा लाग्ने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले जनमत संग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान पौष ११ गते सदरमुकाम मान्म बाट सुरु गर्ने पनि निर्णय गरेको छ ।
अभियान २ वटा ठाउँ पुर्बि कालिकोट र पश्चिम कालिकोटका भूभागहरुमा एकै साथ संचालन गरिने युवा संगठन नेपाल कालीकोटले जनाएको छ ।
बैठकमा बोल्दै प्रमुख अतिथि नेकपाका जिल्ला सेक्रेटरी रणदिपले राष्ट्रियता खतरामा परेको बेला यसको रक्षाको लागि युवाहरुको विशेष भुमिका हुने वताउनु भयो ।
उहाँले एमसीसी खारेजीको आन्दोलनमा विशेष भुमि खेल्न युवाहरुलाई निर्देशन दिदै बैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको चुनावमा जनता संगको सम्वन्ध प्रगाड वनाउन आग्रह गर्नु भयो ।
जिल्ला अध्यक्ष मिनेश ऐडीको अध्यक्षता वसेको वैठकमा जिल्ला सेक्रेटरी रणदिप सहित युवा संगठन नेपालका केन्द्रीय संदस्य गोबिन्द्र बुढा, केन्द्रिय सदस्य कल्पनाको समेत आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस