नेकपाका नेता धर्मेन्द्र बास्तोला पक्राउ


१ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा वुधवार प्रहरीले चलाएको सर्च अप्रेसनमा नेता बास्तोलालगायत तीन जना नेता पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेता बास्तोला सो पार्टीका सचिवालय सदस्य तथा तेस्रो बरियताका नेता हुनुहुन्छ ।
नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको छ । कोरोनाको वेला जनसेवाका काममा जुटेको नेकपाका नेताहरुलाई सरकारले निरंकुशशैलीमा धमाधम पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको अधिकारकर्मीहरुले वताएका छन ।
स्वतन्त्र रुपमा राजनीतिक विचार राखेर गरिएको आन्दोलनमा दमन गर्नु ,प्रतिवन्ध लगाउनु ओली सरकारको कायरता भएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस