मानव सभ्यताको विश्व ईतिहास सं’घर्षको ईतिहास हो । बिकासक्रमको यो चरणसम्म पुग्दा संघर्ष नै मुख्य हो । जस्ले गर्दा युद्ध, क्रान्ति र आन्दोलन ले के ग-यो ? के भयो? भन्नेहरुका लागि चोटिलो जवाफ यसै भित्र प्रयाप्त छ ।
अको ईतिहास सिद्ध कुरा भनेको बिश्वमा हालसम्मका युद्ध र क्रान्तिले के कुरा सावित गरिदिएको छ भने बिश्वका शासकहरुले भौतिकरुपमा क्रान्तिकारीहरुलाई सिध्याएको ईतिहास छैन । बरु बैचारिकरुपमा बिजय र बिजयको नजिक सम्मपुगेका कान्ति र क्रान्तिकारीहरु बाचेको ईतिहास बिरलै भेटिन्छ । त्यसैले बैचारिक रुपमा बाचिरहने र बचाईरहने कुरानै महान कार्य हो ।
बिसौ शताब्दीका क्रान्ती र प्रतिक्रान्तिका अनुभव सहित संचालित महान जनयुद्ध बिश्वक्रान्तीको एक अभिन्न अंगमात्र हैन महान मुक्ती अभियान थियो जसबाट नेपाली जनता मात्रै हैन विश्व सर्बहारा बर्ग नै आसावादी थियो । बिश्वभरी पुजिवादीहरुले कम्युनिष्ट समाप्त भए मालेमावाद असफल सिदान्त हो भनेर कोकोहोलो मच्चाइ रहेका बेला नेपाली धर्तिबाट बिस्वसाम्राज्यवादको मुटुमा प्रहार गर्नेगरी जनयुद्धको संखघोस हुदा साम्राज्यवादी दमनबाट प्रताडित बिश्वसर्बहारा बर्गको आशाको केन्द्र नेपाल र तत्कालिन नेकपा( माओ’वादी) स्वभाविक थियो ।
बिडम्वना भन्नू पर्छ परिस्थितीमा ठूलो बद्लाव आयो । करोडौकरोड जनसमुदायको आशा निराशामा परिणत भयो । तत्कालिन जनयु’द्धका लिडरहरुबाट भएको धो’का र ग’द्दारीले गर्दा नाम निसाना नै नरहने गरि जनयु’द्ध र माओ’वादी आन्दोलनको समाप्तीको प्रकृया सुरु ग-यो । आफफु बाचेर यु’द्ध र यु’द्धले आर्जन गरेका सयौ निसानी र उपलब्धीको समाप्त पार्ने ज्युदा ला’सहरु डुङ्डुङ्ती गनाईरहेका छन् ‘ ज्युदा ला’सहरु प्रति बिश्वास गर्ने हरु मृ’त्यु सैयामा छटपटाई रहेका छन । प्रतिक्रा’न्तिको तितो सत्यलाई २५ औं बर्षगाठले केलाएर अध्यन र स्मरण गर्न बाध्य पारेकोले चर्चा आवश्यक ठानेर लेख्न बिबस भएको छु ।
– कोहुन ज्युदा गनाईरहेका लासहरु ?
बिगत जनयुद्धका कहलिएका लिडरहरु क प्रचण्ड र बाबुराम ले प्रतिक्रान्ती र संसोधनवादीको विश्लेषण गरेका लेख, रचना र दस्तावेज हरु आजपनी दराजमा र झोलामा छन् । यी सबै अध्यन गर्दा उहाँहरुले बिगतमा क्रा’न्तिबिरोधी तत्वबारे जे विश्लेषण गर्नु भएको छ हुबहु आज उहाँहरुको जीवन व्यवहार ठ्याम्मै उनिहरुको भन्दा फरक छैन । तसर्थ उहाँहरु ज्युदा लासहुन भन्न मलाई कुनै हिचकिचावट लाग्दैन र लागेन । बरु कतिबेला भनौ ओकलु जस्तो पो हुन्छ । कहिलेकाही नभनौ अप्रिय लाग्ला पनि लाग्छ तर जनयुद्दमा देखाएको सपना र हाल लिएको बाटो ले भन्न बाध्य पार्दो रहेछ ।
बिश्वकै ईतिहास मा होला यो परिघटना , पेरिसमा क माक्सको नि’धनपछी रुसमा लेनिनर स्टालिनको मृ’त्युपछी र चिनमा क माओको मृ’त्यु पछी कान्ति प्रतिक्रान्तीमा बदलिएका छन् । तर नेपालमा जस्ले जनयुद्दको थालनी ग-यो थालनी पुर्ब प्रतिबद्दता ग-यो त्यो लिडर र सहायक लिडर जिबितै छदा जनयु’द्दको समाप्ती मात्रहैन जनयुद्दले आर्जन गरेका सबै उपलब्धीहरु भुत्य पारेको ईतिहास पढ्नु पर्ने भयो । जनयुद्दकै क्रममा निर्माण गरिएका जनसत्ता जनअदालत, जनमुक्ती सेना, कम्युनहरु, जनवादी स्कुलहरु र त्यतीमात्र हैन जुननाम मा जनयुद्द यो त्यो पार्टीको नाम र चुनाव चिन्ह समेत समाप्त भयो र ग-यो । अर्को महत्वपुर्ण बैचारिक कुरा त के छ भने २१ औं शताब्दीको नया बिचार भनेर सष्लेषण गरेको प्रचण्डपथ शब्द उच्चारण गर्ने बित्तिकै समाजमा हासो मा उडाउछन् । १७ हजार नेपाली आमाका होनाहर सपुतहरुले प्रणउत्षर्ग गरेर हासिल गरेका उपलब्धीहरु कसरी समाप्त भयो ? कस्ले ग-यो? गर्ने छुट हुन्छकी हुन्न? यो कुरा ईतिहासले फैसला गर्ला तर यो सबै प्रपंन्च हो या यथार्त हो भन्ने बारे सचेत ढंगले बोलेनौ र बहस गरेनौ भने साम्राज्यवादले अबको क्रान्तिलाई पनि त्यसरी नै बुझ्ने र हेर्ने निश्चित छ ।
तसर्थ २५ औं बार्षिकउत्सबले यो कुरा ओकल्न बाध्य पारेको छ की ईतिहासको अपरिहार्यता होईनकी ज्युदै गनाईरहेका लासहरुको बैचारिक बिचलनता हो जुन युद्दको समाप्ती । जनयुद्धताका प्रचण्ड र बाबुरामले साम्रज्यवादको विश्लेषण गर्दा बिश्वमा सम्पुर्ण जिबित बस्तुहरु जस्तै पुजिवाद पनि स्थिर रहन सक्दैन बरु काम गर्ने दौरानमा यो परिबर्तन हुन्छ माक्र्सको पालामा प्रतिस्पर्धात्मक पुजिवाद थियो भने लेनिनको पालामा त्यो एकाधिकार पुजिवादी चरित्र ग्रहण गर्न पुग्यो भने क माओको पालामा नोकरशाही पुजिवादमा बिकास गर्न पुग्यो । पुजिवादको साम्राज्यवादमा जसरी बिकास भएको छ त्यसरीनै सर्बहारा बर्गियबिचारको पनि बिकास गर्न जरुरी छ ।
प्रचण्डपथ यही आबश्यक्ताले जन्मेको २१ औं शताब्दीको नया बिचार हो जस्ले प्रतिक्रान्ती लाई रोक्ने छ र क्रान्तीलाई बिजयमा पु-याउनेछ । भनी गरेको बिष्लेषण ताजै छ । साम्रज्यवाद संग प्रचण्डपथलाई दाजेर विश्लेषण गर्ने उहाहरु नै हो आज त्यो बिचार कता हरायो ? के नेपाली जनता र बिश्वका उत्पिडित जनता साम्रज्यवादको उत्पिडनबाट मुक्त भयो ? के नेपाली जनता ले समाजवाद प्राप्त ग-यो ? यदी त्यसो हैन भने यस्को जिम्मा यिनै जिउदा लासहरुले नलिएर कस्ले लिने ? यो प्रश्न उनिहरुका लागि अनुउत्तरित नै छ ।
यि सबै प्रपन्चहरुले उनिहरुका लागि नै प्रतिउत्पादक हुने निश्चित छ र भैपनी सकेको छ । ११ बुदे समझदारी , बिस्तृत शान्ती सम्झौता मार्फत भएको संबिधानसभाको चुनाव मार्फत हुने परिबर्तन ले देशमा रहेका सबै संसदवादी राजनितीक पार्टी लाई माओवादीमा बदल्ने हो र निकट भबिश्यमा नै जनताको आफ्नै राजनितीक ब्यबस्था ल्याउने हो भनी गरेका आदर्शहरु को ठिक उल्टो माओवाद र माओवादीहरु संसदिय ब्यबस्था मान्न बाध्य बनाएको कोण बाट हेर्दा ज्युदा लास भनेर मात्र पुग्दैन जस्तो लाग्छ । यो देखिदो सत्य बाट कोही पनि भ्रमित हुन आबश्यक छैन । नत आज जनयु’द्दका नायक कहलिएका प्रचण्डको पार्टी को नाम र चुनाब चिन्ह रहयो नत बाबुराम को पार्टी नयाशक्ती र चुनाव चिन्ह राको नै रहयो यो यसैको परिणाम त होलानी अरु खोज्नै पर्दैन ।
हिजो पैदला देखि टुप्पी सम्म को जोरलगाएर साम्राज्यवाद, बिस्तारवाद र घरेलु प्रतिक्रियावाद को जसरी जसरी बिरोध गर्नु भयो अाज त्यतीकै गतिमा आत्मसर्मपण गरेको देख्दा नेपाली जनताले धिक्कारेको कुरा थाहा छैनहोला भएपनी उपाय बिहिन हुनबाध्य छौ । त्यसै ले महान जनयु’द्दको २५ औ बार्षिकउत्सबको अबसरमा यिनै ज्युदा लासहरु लाई शुभकामना ।
– को हुन मृत्यु सैयामा छटपटिएका तिनिहरु?
एक दुईकाम राम्रो गर्दैमा क्रान्तीकारी भैहाल्ने कुरा क्रान्तिकारी आन्दोलनमा हुदैन । यसो भनिरहदा म भित्र मलाई नै प्रश्न उब्जिन्छन कि म कहिले सम्मको क्रान्तीकारी भनेर । अनि मलाई नै लामो खुल्दुली चल्छ अन्तत: क्रान्तीको बिजयसम्म म क्रान्तिकारी हुन सक्छु या सक्दिन ? म प्रति गरेका धेरैका आशंका हरुलाई बिश्वासमा बदल्न सक्छु कि सक्दैन म अग्नीपरिक्षा मै छु तर हामी लाई क्रान्ती देखाएर कपी कलम झोलामा थन्काएर युद्दमा लाग्न प्रेरित गर्ने तिनी कमरेडहरु बरालिएर क्रान्तीको रक्षा गर्नुको सट्टा संसदिय ब्यबस्थाको खरो वकालत गरेको देख्दा मनबचन र कर्म ले नै धिकार्ने मात्र हैन मानवहरु दानवमा रुपान्तरण भए जस्तो भान हुन्छ ।
बिचरा नत सास चुडिएको छ नत बिराम निको भएको छ छ त केबल मृत्यु सैयामा छटपटिरहेको छ। नत त्यसले जनयुद्दमा गरेका बाचा सम्झेको छ नत तिनिहरु ले सहिद घाईते हरुको प्रसब पीडा नै । एकाईसौ शताब्धीमा क्रान्तीको झण्डा लाई सगरमाथामा गाडेर स्वतन्त्रता र मुक्तीको नया सन्देश दिनेछौ भनी गरेको आदर्शहरु, महानजनयु’द्दमा शाहादत्त प्राप्त गर्ने तमाम सहिदहरुको सर्बोच्च मुल्याङ्कन गरि राष्टीय सहिद घोषणा गरिनेछ , घाईते अ’पाङ्ग योद्दा हरुको उच्च सम्मान , समुचित जिबिका र कार्य ब्यबस्थापनमा कुनै कमी रहनदिनेछैनौ र जनयुद्दमार्फत जनताको पुर्ण मुक्ती नहुन्जेल धोका दिनेछैनौ ।
हामी एक्काईसौ सताब्धीका जनमुक्ती सेना , जनकलाकार र नेताकार्यकर्ता हौ भनी गरेका आदर्श हरु आज कता हरायो हुनत मृत्यु सैयामा छट्पटाई रहेका तिमी आदरणिय र सहयोद्दाको दोश हैन तै पनि बिश्वासको पनि हद हुन्छ , भोका बाख्रालाई हरियो घाँस देखाउदै दौडिदा सम्म ठिकै हो तर बधशालामा लगेर गर्दनमा खुकुरी राखी छिनाल्दा सम्म पनि बिश्वास मान्नु अनौठो प्रकार को दासी हुनु हो । त्यसैले नत मर्न सकियो नत निको नै मृत्यु सैयामा छट्पटिनु परेको छ । सिदान्त मर्दा प्रप्तहुने जसनसुकै सुख र यास आरामले एकदिन अबश्य बिपत्ती आउने निश्चित छ । किनकी बिचलनताको पनि सिमा हुन्छ , राजनैतिक आर्थिक सास्कृतीक बिचलनता आशन्का बिचलनताहो तर बैचारिक सैदान्तिक बिचलन्ताको हद नाग्नु ले मृत्यु सैयामा छटपटाउने मात्र हैन बेजोगको संसार देखेर परलोगमा पुग्नुपर्छ ।
ईतिहासले फैसला गर्नु पर्छ र गर्छ । उत्तरसाम्राज्यवाद बिरोधी जनमतलाई नयाँ र शक्तीशाली प्रेणा दिई राष्ट र राष्ट्रीयताको रक्षा गर्नु को साटो उतै ताली र स्वर मिलाएको जस्तो गर्नु क्रान्ती गर्नु भन्दा गर्नेहरुलाई गर्न नदिने गरि षडयन्त्र गरेको देख्दा झनै टिठलागेर आउछ । यी सबै घटना परिघटनाको न्यायपुर्ण अध्यन गर्दा हिजो बन्दुक समात्ने लाई मात्र हैन बन्दुक का गित गाउने सबैलाई मार्नु पर्छ भन्ने र ब’न्दुक समातेर टुग्ङोमा नपुगी आराम गर्ने हरुको गठजोडमा बन्नुको नक्कली हरुले बार्षिक उत्सब मनाउने भनेको सुन्दा अनौठो लाग्छ मात्रै होईन जनयु’द्दको अपमान हुन्छ । त्यसैले आउनुहोस मृत्यु सैयामा छटपटिएर हैन ज्युदै गनाएका लास हरुका बिरुद्द बिद्रोह गर्ने हिम्मत गरौ । जनयु’द्दका अधुरा सपना अनि मात्र साकार हुनेछन । एकीकृत जनक्रान्तिको बाटोमा हातेमालो गरौ । जित सत्यको हुन्छ ।
लेखक नेकपा कालिकोटका सेक्रेटरी हुन ।