कालीकोटमा जनता जगाउदै नेकपा,राजनैतिक गतिविधिहरु तिव्र

१ वैसाख, कालिकोट । विप्लव नेतृत्वको नेकपाले कालिकोटमा वैज्ञानिक समाजवादको एजेण्डामा जनतालाई जगाउन थालेको छ ।
नेकपाले गाउँ– गाउँमा आफ्ना राजनैतिक जनसभाहरु गर्दै जनतालाई संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था विचको फरक वारे सू–सुचित गर्न थालेको हो ।
वैज्ञानिक समाजवाद वारे जनतालाई वुझाउन,जनता संगको सम्वन्ध प्रगाड वनाउन,संगठन सुदृढ र विस्तार गर्न गाउँ–गाउँमा राजनैतिक जनसभाहरुलाई तिव्र वनाउदै लगेको नेकपाले जनाएको छ । नेकपाले जिल्लाको माल्लकोट सेरापाटा वाट चैत्र २६ गतेको महिला प्रतिरोध दिवसको जनसभा आयोजना गरि राजनैतिक जनसभाहरुको शुभाआरम्भ गरेको थियो ।


नेकपाले त्यसपछि चैत्र २९ गते राष्कोट नगरपालिकाको आरसीपी वजार र चैत्र ३१ गते पचालझरना गाउँपालिकाको नुवाघरमा जनसभाको आयोजना गरि जनससम्वन्ध सुदृढ वनाउदै वैज्ञानिक समाजवादका पक्षमा जनतालाई जागृत गर्ने प्रयास गरेको छ ।
सरकारले २०७५ साल फागुन २८ गते यता प्रतिवन्ध लगाएपछि नेकपाले आफ्ना राजनैतिक गतिविधिहरु देशभर खुल्ला रुपमा गर्न सकेको थिएन । कालिकोट जिल्लामा गाउँघरमा प्रतिवन्धकै वेला पनि खुला जनसभाहरु हुने गरेपनि खुल्लामनले ठुला जनसभाहरु हुन सकेका थिएनन् ।


सरकार र नेकपा विच २०७७ साल फागुन २० गते तीन वुदे सहमति सहित वार्ता भएपछि सरकारले नेकपा माथिको प्रतिवन्ध हटाएको थियो ।
नेकपाले नेपालमा दलाल संंसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था हुनु पर्ने मुख्य राजनैतिक एजेण्डा उठाउदै संघर्ष गर्दै आएकोले पनि सरकार प्रतिवन्ध हटाउन वाध्य भएको थियो । प्रतिवन्धले जिल्लामा राजनैतिक गतिविधि गर्न असहज भएपनि प्रतिवन्ध फुकुवा पछि नेकपा उत्साहीत भएर जनता सम्म पुगेको छ ।
नेकपाले राजनैतिक अभियानकै रुपमा आफ्ना राजैतिक जनसभा,अन्तरक्रिया,प्रशिक्षण लगायतका गतिविधहरु गरिरहेको छ ।
नेकपाले आयोजना गरेका जनसभाहरुमा हालै जेलवाट छुट्नु भएका महिला नेतृ अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष वन्धु चन्द र महासचिव धिरिन्द्रा उपाध्यायलाई अभिनन्दन सहित सम्मान पनि गरेको छ ।
जनसभाहरुमा नेकपाका केन्द्रीय सदस्य तथा भेरी कर्णाली व्युरो इन्चार्ज एटम विसी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष चन्द,महासचिव उपाध्याय,जिल्ला इन्चार्ज रणदिप,व्यूरो सदस्य विराट, जिल्ला सेक्रेटरी साहासी लगायतका नेताहरुले सम्वोधन गरेका छन ।
नेताहरुले सम्वोधनका क्रममा नेपालमा वैज्ञानिक समाजवाद भन्दा अर्को उपयुक्त विकल्प नभएको भन्दै जनतालाई वैज्ञानिक समाजवादको पक्षमा एकतावद्ध हुन आवाहन गरेका छन ।


संसदीय व्यवस्था असफल भएको वताउदै नेताहरुले नेता छान्ने चुनाव पटक–पटक भएपनि अव व्यवस्था छान्ने चुनाव एकपटक मुलकमा आवश्यक भएको वताएका छन ।
जनसभाहरुमा जनकलाकारको पनि सहभागीता गराउदै नेकपाले क्रान्तिकारी गित संगीत मार्फत पनि जनतालाई जगाएको छ ।
जसले जनताहरुको मनमस्तिष्कहरु आमुल परिवर्तनको वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि तयारी गर्न महत्वपूर्ण सहयोग पुर्याएको नेकपा कालिकोटले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस