राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै काठमाडौमा प्रदर्शन

२९ साउन,काठमाडौं । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै काठमाडौमा विरोध प्रदर्शन भएको छ ।

सोमबार नेकपा उपत्यका व्युरो र नेकपा निकट जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसीबिरूद्ध भव्य प्रदर्शन भएको हो ।
प्रदर्शनमा राष्ट्रघाती एमसीसी खारेज गर, गो ब्याक एमसीसी, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद , दलाल पुँजीवाद मुर्दावाद लगायतका नारा लगाईएको थियो ।

प्रदर्शनकारीहरुले एमसीसीको नाममा विभिन्न सर्तसहित नेपालको सार्वभौमिकता माथिनै हस्तक्षेप हुने गरी अमेरिकी साम्राज्यवाद र साम्राज्यवादका नेपाली मतियारहरुको डिजाइनमा एमसीसी ससर्त लादिएको भन्दै त्यसको खारेजीको माग गरेका छन ।

काठमाडौँको सुन्धाराबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड असन हुदै शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपा उपत्यका ब्युरो अन्तर्गतका पार्टी तथा जवसका शिर्ष नेताहरुले सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती सम्झौत भएको वताएका छन ।

वक्ताहरुले नेपालमा सर्त सहित नेपाली कानुन, नेपाली सुरक्षा, नेपाली राष्ट्रिय स्वाधीनता माथि अमेरिकी साम्राज्यवादले आफ्नो प्रभुत्व जमाउन खोजेको भन्दै यो सम्झौता जुनसुकै हालतमा खारेज हुनुपर्ने माग गरेका छन ।

उनीहरुले देशलाई राम्राज्यवादको गुलाम बनाउने यस्तो सम्झौता फिर्ता पठाउनु पर्ने, यसलाई नेपाली जनताले सडकबाट खारेज गरिसकेकाले अव संसद सिंहदरबारबाट पनि खारेज हुनुपर्ने बताएका थिए ।

वक्ताहरुले एमसीसीलाई हिन्दप्रशान्त सैन्य रणनीतिसँग जोडेर नेपालमा साम्राज्यवादले सैन्य अखडा बनाउन खोजेकोले यसको खारेज नभए यो भन्दा सशक्त अर्को आन्दोलनले परास्त पार्नुपर्ने वताएका छन ।

नेपालमा अहिले आफुलाई विद्वान भन्ने स्वर्णिम वाग्ले जस्ता पात्रहरुले साम्राज्यवादको पक्षपोषण हुनेगरी वकालत गरिरहेकाले त्यस्ता देशको सार्वभौमिकता, राष्ट्रियताको ख्याल नगरी ५० लाख डलरमा देश बेच्न खोज्नु जायज थियो भन्दै हिड्ने कुपात्रलाई बेलैमा चिन्न र साम्राज्यवादको जुठो खाएर डकार्नेहरुको भ्रममा नपर्न समेत वक्ताहरुले अपिल गरेका छन ।

कोणसभालाई अखिल (क्रान्तिकारी)का महासचिव ललित सी, अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव कुशल सी, नेकपाका केन्द्रीय प्रतिनिधी समिति सदस्य तथा काठमाडौँ ५ नम्बर जिल्ला इन्चार्ज इच्छुक सी लगायतले सम्बोधन गर्नु भएको थियो ।

नेताहरुले अबको केहिदिनमा एमसीसी कार्यन्वयनमा लैजाले सरकारी तयारी भएको वुझिएकाले यसलाई रोक्न सम्पूर्ण देशभक्त क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्ने वताएका छन ।

प्रतिक्रिया दिनुहोस