२९ साउन,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समितिको चौथो पूर्णबैठकको दोस्रो दिन सोमवार समूह नेताहरुले आ–आफ्नो समूहको धारणा पेश गर्दै महासचिवको ‘दस्तावेजले क्रान्तिको उज्वल सम्भावना बोकेको बताएका छन ।
महासचिव विप्लवद्वारा वैठकमा पेश गरिएको “नयाँ कार्यभारका लागि आफैलाई सुदृढ गरौं,क्रान्तिलाई पकडौ र सम्पूर्ण क्षेत्रमा पहल कायम गरौं” भन्ने मुल शीर्षकको २२ पृष्ठ लामो लिखित दस्तावेज माथि सुझाव दिन आईतवारको बैठकमा १३ वटा समूह विभाजन गरिएको थियो ।
विभाजन गरिएका समूहको छलफल पछिको सामुहिक धारणा समेट्दै सोमवार समूहका १३ जना नेताहरुले महासचिव विप्लवको प्रस्ताव माथि केही सुझाव दिदै दस्तावेज मुलस्प्रिडमा ठिक भएको र क्रान्तिको कार्यभार पुरा गर्ने सपना देखेको वताएका छन ।
नेताहरुले महासचिव विप्लवद्वारा प्रस्तुत प्रस्ताव मसिनो गरी आएको, पार्टीका बर्तमान कार्यभारलाई ठिक ढंगले पक्रदै आन्दोलनको उज्वल संभावना बोकेको,पहिलो ६ महिने आवधिक योजनाको बस्तुनिष्ठ समिक्षा गरेको र आगामी कामहरूकोबारे ठोस रूपमा योजना अगाडि सारिएको बताएका छन ।
केन्द्रीय समितिको वैठकमा धारणा राख्ने समूह नेताहरुमा संगम सी, विकिरण सी, बिराट सी,विकल्प सी,समर सी, जोखिम सी,सविन सी,सुमन सिंह सी,शेरबहादुर सी, चिरञ्जीवी सी,प्रकाश सी,र होम सी रहनु भएको छ । वैठकमा समूहगत धारणा राख्ने क्रम सोमवार सकिएको छ ।
जारी केन्द्रीय समितिको बैठक मंगलवार (भोली) बिहान ८ बजेबाट पुनःशुरु हुने छ ।
मंगलवारको वैठकमा दस्तावेज माथी उठेका बिषयहरु तथा नयाँ योजनाको मुख्य पक्षबारे महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका स्थायी समितिका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार शेरवहादुर विकले जनाउनु भएको छ ।
यो बैठकलाई देशी तथा विदेशी निकायहरुवाट विशेष महत्वका साथ हेरिएको छ । क्रान्तिकारी शक्तिहरुले बैठकलाई नयाँ आसाका साथ हेरेका छन भने प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिहरुले आफ्नो खतराको बैठकको रुपमा हेरेका छन ।