२९,भाद्र,बझाङ । जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको भेलाले अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।
भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्ला सेक्रेटरी बिराटले सम्वोधन गर्दै जनपत्रकारहरु जनताको वास्तविक पीडा वुझने र लेख्ने पत्रकार हुनु पर्ने वताउनु भयो ।
विशिष्ट अतिथि जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिका संयोजक प्रकाश थापाले जनताको पक्षमा कलम चलाउन पत्रकार साथीहरुलाई सुझाव दिनु भयो ।
उहाँले निकट भविष्यमा हुने जनपत्रकार संगठनको प्रदेश तथा राष्ट्रिय सम्मेलनको तयारीमा लाग्न पनि निर्देशन दिनु भयो ।
प्रतिक्रिया दिनुहोस