कालिकोटमा विप्लव नेकपाको युवा संगठन मदिरा नियन्त्रण अभियानमा

कार्तिक २८, कालिकोट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोट जिल्ला संगठनले जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको जनाएको छ ।

जिल्ला युवा संगठन नेपालका अध्यक्ष आत्मा क्षेत्रीले सोमबार एक विज्ञप्ती जारी गदै मदिरा नियन्त्रणको अभियानमा सहयोग गर्न जिल्लाबासी सबैमा अपिल गर्नु भएको छ ।

जारी विज्ञप्तीमा युवा संगठन नेपालले समाजमा मौलाउदै गएको विकृति विसंगति, भ्रष्टचार, कमिसनतन्त्रका विरुद्ध संघष गर्दै आएको उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ “कालिकोटमा मदिरा बेचविखन र सेवनको कार्य पुनः पनि गरेको देखिन्छ । जसले गरिब जनतालाई यो वा त्यो रुपमा प्रत्क्षय रुपमा हानि पुर्याएको छ ।”

त्यसैले अब देखि व्यापारी महानुभावहरुलाई मदिरा बेचविखनको कार्य नगर्न नगराउन यसै विज्ञप्ती मार्फत अपिल गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा कुनै पनि हालतमा नियन्त्रण अभियानलाई आम कालिकोट निवासी आमा बुवा, दाजु भाई, दिदी बहिनी, व्यापारी, उद्योग बाणिज्य संघ लगायत सरोकारवाला निकायलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौ भनिएको छ ।

विज्ञप्तीको अन्तमा समाजमा अप्रिय घटना बढदै गईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नियन्त्रण अभियानमा असहयोग गर्नेहरुलाई जनकारबाही गर्ने समेत चेतावनी दिएको छ ।

विज्ञप्तीको पुर्णपाठ सहित

प्रतिक्रिया दिनुहोस