वाँस्तोलाको गिरफ्तारी विरुद्ध १० गते नेपाल वन्दको घोषणा

२ माघ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन सहितका नेता कार्यकर्तालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको विरोधमा माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ ।
पुस २९ गते ललितपुर वाट आफ्ना नेता कार्यकर्ता विना कारण गिरफ्तार गरेको भन्दै घटनाको घोर निन्दा एव भत्र्सना गर्दै नेकपाले माघ १० अघि पनि विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले विहिवार एक विज्ञप्ती जारी गर्दै गत बुधबार दिउँसो ३ वजे पार्टीको काममा रहेको समयमा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन सहित ब्युरो सद्स्य विवेक र विशाललाई ललितपुरको बाग्मति गाउँपालिकाबाट पक्राउ गरेको प्रति विरोध एवं घोर भत्र्सना गर्दछौ भनिएको छ ।
नेकपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापि मशाल जुलुस र १० गते नेपाल बन्द रहेका छ्न ।
विज्ञप्तीमा भनिएको छ “जनताको अधिकारको हनन, भ्रष्टाचार,दलाली,कमिसनखोर,तष्करी ,राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता कार्यकर्तालाई खोजी खोजी गिफ्तार गर्नु,हिरासतमा निमर्म यातना दिनु, जेल हाल्नु लार्खौ धरौटी तोक्नु, कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरंकुश तानाशाही एवम फाशिष्ट प्रवृति हो ।”
विज्ञप्तीमा यस खालको दमनका विरुद्ध आवाज उठाउन सवै राजनीतिक पार्टी वुद्धिजीवी र आम नागरिकलाई हामी विशेष अपिल गरिएको छ । साथै हाम्रो पार्टीपंक्ति श्रमीक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ संघर्षमा अगाडी वढन निर्देशन गर्दर्छौ । विज्ञप्तीमा भनिएको छ । यसको पूर्ण पाठ

 

प्रतिक्रिया दिनुहोस