जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान


भाद्र ३०, कालिकोट । स्वास्थ्य सेवा कार्यालय कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

केही समय पहिले जडान गरिता पनि बत्तीको अभावले अक्सिजन प्लान्ट सुचारु हुन सकेकाे थिएन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा युनडिपिकाे सहयाेगमा ६२.५ केभिए काे जेनेरेटर सहयोग पछि मुख्यमन्त्री शाहीले मंगलबार रिवन काटेर अक्सिजन प्लान्टकाे ओैपचारिक रूपमा उद्धघाटन गर्नु भएको हाे ।

उद्घाटनमा बाेल्दै मुख्यमन्त्री शाहीले कालिकोटका जनताहरुलाई अब देखि अक्सिजनकाे अभावले कही कतै भड्किनु नपर्ने बताउनुभयो भयाे । कालिकोट जिल्लाको समस्या समाधान सँगै कर्णालीका अन्य जिल्लाहरुमा पर्ने अक्सिजन अभावकाे समस्या समाधान समेत याे अक्सिजन प्लान्टले गर्ने उहाँको भनाइ थियोे ।

कालिकोटमा अक्सिजनकाे अभावले नागरिकले ज्यान गुमाउने दिनकाे अन्त्य भएको भन्दै अस्पताललाई थप सुविधा सम्पन्न बनाउनेमा आफ्नाे तर्फबाट पहल गरिने पनि बताउनु भयाे।

प्रदेश सरकारको सहयोगमा ८० लाखमा बनाइएको मध्य प्रविधिको अक्सिजन प्लान्टले प्रति दिन ४५ देखि ४८ सिलेण्डर सम्म अक्सिजन उत्पादन गर्नसक्ने जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।

यस अक्सिजन प्लान्टकाे ९३ देखि ९६ प्रतिशतसम्म शुद्धता रहेको र प्लान्टबाट पाइपलाइन बिच्छ्याएर बेडसम्म अक्सिजन लैजान समेत सकिने जनस्वास्थ्य अधिकृत महतकाे भनाइ थियो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नविर सुनारकाे अध्यक्षता, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे प्रमुख आतिथ्यता र खाँडाचक्र नगरपालिका प्रमुख जिसप्रसाद पाण्डे, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, जनस्वास्थ्य अधिकृत कटक महत, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी प्रमुख लगायतको सहभागितामा अक्सिजन प्लान्टकाे उद्घाटन गरिएको थियो ।

यस्तै केही समय पहिला जिल्लामा रहेकाे काेभिड विशेष अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान गरिएको थियो ।

मिनि खालको प्लान्टले प्रति दिन २५ वटा ब्याड सम्म सिदै पाईप लाईनकाे माध्यामबाट संक्रमितहरुलाई अक्सिजन दिदै आएको जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस