विरजंगको निधनप्रति पार्टी प्रवक्ताद्वारा श्रद्धाञ्जली व्यक्त

२९ असोज,काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले पार्टीका केन्द्रीय सदस्य विरजंगको असमाहिक निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताउनु भएको छ । उहाँले विरजंगको असमाहिक निधनले पार्टी र क्रान्तिकारी जनतालाई स्तब्ध बनाएको वताउनु भएको छ ।
प्रवक्ता प्रकाण्डले पार्टीको तर्फवाट एक शोक वक्तव्य जारी गर्दै विरजंग प्रति श्रदा र शोक व्यक्त गर्न देशव्यापी रुपमा पार्टी कार्यलयहरुमा असोज ३१ गतेसम्म तीन दिन पार्टीको झण्डालाई आधा झुकाउने कार्यक्रम राखिएको जनाउनु भएको छ ।

वक्तव्यमा विद्यार्थीकालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलन हुँदै आफ्नो सिङ्गो जिवन क्रान्तिकारी राजनैतिक आन्दोलनमा बिताएका विरजंगको निधनले अपूरणीय क्षति भएको बताउँदै पार्टी जिवन र क्रान्तिकारी आन्दोलनमा विरजंगको अभाव सदैव खड्किरहने उल्लेख गरिएको छ ।
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी र नेपाली क्रान्तिमा उहाँले गरेको योगदान, त्याग, तपस्या र बलीदानीको पुर्ण रूपमा रक्षा गर्दै जनक्रान्तिलाई विजयमा पु¥याईछाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
नेता विरजंगको बिहीबार भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा मुटुरोगको उपचारका क्रममा निधन हुनपुगेको र उहाँको अन्त्यष्टी ३० गते कपिलवस्तुको शिवगढीमा गरिने शोक वक्तव्यमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोसि

प्रतिक्रिया दिनुहोस