२९ असोज, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जनयुद्धका महान सहिद प्रकाश र गोकुलको आमा बुचि धमालाको निधन भएको प्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
शनिवार जिल्ला पार्टीको तर्फवाट इन्चार्ज विराट र सेक्रेटरी साहसीले संयुक्त रुपमा शोक वक्तव्य जारी गर्दै शान्नित्रिवेणी गाउँपालिका ७ मुम्रा निवासी क्यान्सर पीडित आमाको काठमाडौमा उपचारका क्रममा असोज २१ गते निधन भएकोमा दुख व्यक्त गरिएको हो ।
नेकपाले घरपरिवार प्रति गहिरो समवेदना व्यक्त गरेको छ । नेकपाले जनयुद्ध र एकीकृत जनक्रान्तिमा आमाले पुर्याएको योग्दानको स्मरण गर्दै आमाको योगदानको उच्च सम्मान व्यक्त गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस