२ असार,कालिकोट । नेकपा धर्मेन्द्र सुदर्शन समुह कालीकोटमा सुन्य भएको छ ।
विप्लव नेतृत्वको नेकपावाट पार्टी फुटाएको सो समुह अराजकतावादी र फुटवादी भएर पार्टी विभाजन गरेको भन्दै जिल्लाभरका कुनै पनि नेता कार्यकर्ता सो समुहमा लागेका छैनन ।
तर धर्मेन्द्र सुदर्शन समुहले पार्टीको अनुशासनको कार्वाहीमा परेका केही व्यक्तिलाई समातेर संगठन वनाएको भ्रम फैलाएको छ । सो समुहमा पार्टी अनुसासनको कार्वाहीमा परेका सितल,रण विक,सुनिता वम लाई समातेर संगठन वनाएको भ्रम फैलाएको हो ।
धर्मेन्द्र सुदर्शन समुहको मातहतमा रहेको रातो खवरले सङ्गठन विस्तारको लहर, भनेर भ्रामक समाचार छापेकोमा नेकपाले आपत्ती जनाएको छ । नेकपामा जिल्लाका सवै प्रभावशाली केन्द्रीय समितिका नेताहरु विप्लव नेतृत्वको नेकपामै रहका छन ।
जसमा प्रवक्ता तथा सचिवालय सदस्य खड्क वहादुर विश्वकर्मा (प्रकाण्ड),केन्द्रीय सदस्यहरु भरत वम (रणवीर) एटम विसी,लोकजंग शाही (समर),कर्ण भण्डारी (विराट) धिरिन्द्रा उपाध्याय (भृकुटी), दण्डविक्रम विक (बलवान), विवेक कुमाल, जोखिम र नविन विश्वकर्मा (हितमान) गरी १० केन्द्रीय नेता विप्लव नेतृत्वको नेकपामै छन । जिल्ला तहमा पनि कुनै पनि नेता कार्यकर्ता धर्मेन्द्र सुदर्शन समुहमा नलागेको नेकपा जिल्ला सेक्रेटरी मनिलाल ऐडि (रणदिप)ले वताउनु भएको छ ।
उहाँका अनुसार सो समुह अराजकतावादी र फुटवादी भएको र क्रान्तिको वाहनामा पलायन भएको जिल्लाभर सवैको एकमतको वुझाई र निश्कर्ष भएका कारण कोही पनि नेता कार्यकर्ता फुटवादीको पछि लागेका छैनन् ।
धर्मेन्द्र सुदर्शन समुहले आफ्नो संगठन सुन्य भएको अवस्थामा कालिकोटमा संगठन विस्तार भनेर आत्मरति लिन प्रचारवाजी गरिरहको नेकपाको ठहर छ ।