कसरी दिनु गुणस्तरिय शिक्षा, छ सय ८५ बिद्यार्थी थेक्न तीन शिक्षक

भदौ ३०, कालीकोट । कालीकोट जिल्लाका अधिकांस बिद्यालयमा शिक्षक दरवन्दी छैनन् । दरवन्दी भएपनि शिक्षक परिपुर्ति नहुदा पठनपाठनमा समस्या हुदै आएको छ । जिल्लाको शुभकालीका गाउँपालिका वडा नं २ मा रहेको कालिका माध्यमिक बिद्यालय वालाचौर शिक्षक अभावको एक प्रतिनिधि हो ।

देश ब्यापी गुणस्तरिय शिक्षाको वहस चलिरहेका वेला वालाचौरमा त्यसको प्रभाव परेको छ । छ सय ८५ जना बिद्यार्थी रहेको कालिका माविमा तीन जना शिक्षकको मात्र दरवन्दी छ । तीन जना शिक्षकले कक्षा १ देखि १० सम्म हाजिर लगाउदै समय जान्छ । तीन जनाको दरवन्दी रहेको बिद्यालय स्थाई शिक्षक १ जना मात्र छन् ।

बिद्याथीको चापले गर्दा मावि सञ्चालन गर्नु पर्ने वाध्यता भएको वडा नं २ का अध्यक्ष मनवहादुर शाहीले वताउनुभयो् । आफ्ुले चुनाव लड्दा मावि स्वीकृती गराउने प्रतिवद्धता अबिभावक सामु गरेकाले यही चालु शैक्षिक सत्रमा मावि स्वीकृत भएको अध्यक्ष शाहीको भनाई छ ।

मावि स्वीकृती भयो् । वालवालिका नजिकै पढ्न पनि पाउने भए, तर शिक्षक अभावले गुणस्तर सुधारमा समस्या भएको उहाँको भनाई छ । गाउँपालिकाले केही दरवन्दी थप्न अनुदान कोटा वनायो । तर अनुदानका नाममा सबैलाई एकै खाले माप्दण्ड वनाएकाले कालिका माध्यमिक बिद्यालयलाई घाटा लागेको उहाँको भनाई छ ।

बिद्याथी चाप भएका र मावि सञ्चालनमा आएका बिद्यालयलाई दुई दरवन्दीका दरले गाउँपालिकाले अनुदान दियो् । कालिका माबिलाई दुई कोटा भाग परे ।

गाउँपालिका अनुदानको दुई कोटा र तीन दरवन्दी पुरानो जोड्दा ५ भयो् । पाँच दरवन्दीमा छ सय ८५ जना बिद्यार्थीलाई पढाउन समस्या भएको बिद्यालयका प्रअ सरस्वती वस्नेतको गुनासो छ । स्थाई पदमा प्रअ वस्नते मात्र हुनुहुन्छ । आफु स्थाई भएकाले प्रअको जिम्मा दिएको भन्दै आफुलाई शैक्षिक गुणस्तर सुधार गर्न जनशक्ती अभावले समस्यामा पारेको वताउनुभयो् । पाँच जना शिक्षक कसले कुन कक्षामा पढाउने अलमलमै दिन बित्ने गरेको प्रअ वस्नेतको भनाई छ ।

शैक्षिक गुणस्तर सुधार, वालअधिकार वालसंरक्षण र वालविवाह न्युनिकरणको क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्ेन किर्डाक नेपालको सहयोगमा कालिका माध्यमिक बिद्यालयले गुणस्तरिय शिक्षा र वालविवाह न्युनिकरणका सवालमा आयोजना गरेको रेडियो सम्वाद कार्यक्रममा बिद्यालयको आन्तरिक समस्या सार्वजनिक भएको हो । शिक्षक अभावको ठुलो मारमा परेको बिद्यालयले सामान्य गुणस्तर पनि सुधार गर्न कठिन भएको शिक्षक जलवहादुर शाहीले वताउनुभयो् ।

एउटा कक्षामा पढाउन जादा अर्को कक्षाका बिद्यार्थी हल्ला गर्न थाल्छन् । दरवन्दी अभावले ठुलो संख्यामा रहेका बिद्यार्थीको पठनपाठनमा समस्या भएको उहाँको भनाई छ । शिक्षकको आपुर्तिका लागि उहाँले बिभिन्न निकाय संग माग गरेपनि सुनुवाई नभएको दुखेसो पोख्नुभयो् । निजि स्रोत वाट शिक्षक राखौ भने बिद्यालयको आय श्रोत सुन्य छ ।

जनशक्ती अभावकै कारणले राज्यले ल्याएको शैक्षिक गुणस्तरको योजना कार्यन्वयन गर्न नसकिएको कालिका मावि परिवारको भनाई छ । बिद्यालयको भौतिक संरचना पनि अभाव छ । खेलमैदान लगाएतका आवस्यक पुर्वाधारको अभावले छ सय ८५ बिद्याथी थेक्नु पर्ने कालिकाको बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस