मोदीको कालापानी भ्रमणको नेकपाद्धारा घोर निन्दा एवम् भत्सर्ना

२९ असोज,काठमाडौ । नेपाल कम्युनिट पार्टीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा दार्चुला जिल्लाको व्यास क्षेत्र गुञ्जी,नाभी र कुटीमा गरेको भ्रमणप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

सुक्रबार पार्टी प्रवक्ता प्रकाण्ड सीले एक प्रदेश विज्ञप्ति जारी गरी अन्राष्ट्रिय राजनैतिक र कुटनीतिको निम्नतम मान्यता विपरित भ्रमण गरिएको भन्दै नेकपाले घोर निन्द्रा एमव भत्र्सना गरेको छ ।

नेकपाले मोदीले गरेको अक्षम्य गल्तीलाई सार्वजनिक रुपमा सच्याई नेपाल राष्ट्रको सार्वभौमिकता र स्वाधीनताको उच्च सम्मान गर्न लगाउन नेपाल सरकारसंग जोडदार माग गरेको छ ।

जारी विज्ञप्तिमा एउटा सार्बभौम र स्वाधीन देशको कुनै पनि भ–ूभाग भ्रमण गर्दा तत् देशको सरकारलाई सूचना सम्म नदिनु प्रधानमन्त्री नरेन्द्र मोदीको साम्राज्यवादी,हस्तक्षेपकारी र अराजकतावादी रवैया हो भनिएको छ ।

नेकपाले मोदीको यस हर्कतको विरुद्ध राष्ट्रवादी नेपाली जनताले सशक्त विरोध र प्रतिवाद गर्न अपिल समेत गरेको छ ।
नेपाल सरकारलाई सूचना सम्म नदि मोदीले गतसाता नेपालको कालापानी क्षेत्रको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस