‘सी’ जाति निमार्णले मात्र मानब बीचको विभेद हटाउन सकिन्छ ः आधार सी

२ असार,बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य आधार सीले मानब– मानब बीचको विभेद अब सवैले नयाँ कम्युनिष्ट ‘सी’ जाति निमार्ण गरेर मात्र हटाउन सकिने वताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी निकट श्रमिक समूदाय मोर्चा नेपालले शनिवार नेपालगञ्जमा आयोजना गरेको “परिवर्तित सन्र्दभमा श्रमिक समूदायको अवस्था र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेता आधार सीेले यस्तो कुरा वताउनु भएको हो ।

नेता आधारले नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नवौं महाधिवेशनबाट नै नयाँ जातिको रुपमा ‘सी’ जाति निमार्ण गरेको स्मरण गर्दै ‘सी’ भनेको कम्युनिष्ट अथवा साम्यवादी जाति भएको स्पष्ट पार्नु भयो ।

विश्वमा मानव जातिको उत्पत्ति विभिन्न चरणको जीवबाट विकास हुदै होमोसेपियन बाँदरबाट विकशित भएर आएको दावी गर्दै नेता आधारले ३५ सय वर्ष अघि विकास भएको हिन्दु वर्णाश्रम धर्म र २१ सय वर्ष अघि विकास भएको इसाई धर्मका कारण मानव –मानव बीचको विभेदको खाडल गहिरो भएको ठोकुवा गर्नु भयो ।

नेता आधारले भन्नु भयो “ ‘शुद्र र दलित’ भन्ने शव्द गैरदलितको दिमागमा जरा गाडेर वसेको छ । यो शव्द नहटाए सम्म विभेद अन्त्य हुदैन । धर्मले मुख, पाखुरा,तिघ्रा र पैतलाबाट मान्छेको जन्म भएको भनेर गलत व्याख्या गरेको छ । शुद्रलाई पैतलाबाट जन्मिएको भनियो र चरम विभेद गर्ने गरियो । यो वास्तविकता होइन ।”

उहाँले दर्शन र धर्मको स्थान अहिले विज्ञानले लिएको खुलासा गर्दै पुराना धार्मिक कुराले समाजलाई अन्धविश्वासमा पारेको र मानब –मानब बीच विभेद गरेको वताउदै भन्नु भयो “अब विज्ञानसंग मनोविज्ञान चाहिन्छ । यो मनोविज्ञान नेपाल कम्युनिष्ट पार्टीले ल्याएको ‘सी’ जाति निमार्णले दिन्छ ।”

नेता आधारले ‘सी’ जाति निमार्ण संगै साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध कम्युनिष्टहरु एकभएर संयुक्त मोर्चा वनाएर लड्नुपर्ने वेला आएको जिकिर गर्नु भयो । उहाँले नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था नल्याए सम्म र सी जाति प्रयोगमा सवै सहभागी नभए सम्म कसैको मुक्ति नहुने ठोकुवा गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस