पूँजीवादी विकृति हटाउने गरी प्रगतिशील तरिकाले तिज मनाऔं

महिम खत्री ‘आकृती’

हाम्रो समाज आज पूँजीवादको विकृतिले ग्रसित भएको छ । सामाजिक,सांस्कृति,आर्थिक र राजनैतिक क्षेत्रमा पूँजीवाद हावी छ । अझै सांस्कृतिक क्षेत्रमा पश्चिमाहरुको छाडा संस्कृति हावी हुदै गएको छ । यो पूँजीवादको रुप हो । भूमण्डलीकृत साम्राज्यवादको रुप हो । यसले समाजलाई असभ्य बनाउने,विखण्डन गर्ने,समाजमा असभ्य संस्कृतिको विकास गराउने र आफ्नो स्वार्थ सिद्ध गर्ने रणनीति बोकेको हुन्छ । आज नेपाल पनि जानी नजानी त्यसको सिकार भईरहको छ । समाजमा प्रगतिशील कलाकार र उनका गित संगीतहरु ओझेमा परे जस्तो र छाडा संस्कृतिको विगविगी भए जस्तो छ । पक्कै पनि यसले समाजलाई ठिक ठाउँमा पुर्याउदैन कि भन्ने चिन्ता थपिएको छ । तिज भनेको हिन्दु धर्म मान्य नारीहरुको महान पर्वको रुपमा लिने गरिन्छ । यो पनि एउटा संस्कार र संस्कृति हो । यसले वर्ष भरीको नारीले भोग्नु परेको दुख र सुख माईति घरमा गएर आदान प्रदान गर्ने अवसरको रुपमा लिन खोजीएको एउटा पर्व हो । तर यसलाई पूँजीवादले विकृत बनाएको छ । यो कसरी विकृत भईरहेको छ त ? यसलाई रोक्न के गर्नु पर्छ ? भन्ने बारे सानो विचार यहाँ लेख्ने जमर्को गरेको छु ।

हामी सबैलाई थाहा भएको कुरा हो । आज भन्दा करिव ३०।३२ बर्ष पहिले मैरै आँखाले देखे÷ भोगेको तिज र आज मनाईने तिजमा आकास धर्तिको फरक छ । मेरो मानसपटलमा अहिले पनि विगतमा सानो उमेरमा मनाएको तिजको याद आउछ । आजको तिज देख्दा बिड्म्बना लाग्छ ! विगतको मनाईने तिजको नाम निसाना कहिकतै पनि भेटिदैन । खै ! किन यसरी बदलियौ हामी ? कुन देशको हावा पानीले छोयो हामीलाई ? किन यति वुद्धु मनस्थितीका भयौ हामी ? छिमेकी दिदी बहिनिले ५ हजारको सारी किनेको देख्ना साथ आफूले चैं १० हजारको सारी किन्नै पर्ने किन भयौं ? एउटा सानोतिनो गहना किनेको देख्नै भएन । उसको भन्दा अलि ठुलो नकिनि नहुने भयो यहाँ । विगतमा तिजको अघिल्लो दिन माइतीघरमा गएर यस्तो तिजको गित गाईन्थ्यो “आमाले पकाएको दर खाएर, रातभरी तिजका भाका बाबाको आँगनीमा छ्मछ्म नाँच्ने हो, आमाले पकाएको दर खाने हो, हे बरीलै दर खाने हो ..। त्यति मौलिक त्यति सान्दर्भिक भाकामा माद्ल,बाँसुरी र चाँपको तालमा नाचेर रमाउने हामी, आजमा छाडा गित र नाचमा रमाउने गरेका छौ । आज तिज आउन महिनौ पहिले देखि नै आ–आफुले पैसा उठाएर ठुला– ठुला होटेल ÷ पाटी प्यालेसमा गएर होेटेलको कुकले पकाएको दर खाएर मनाउदैछौ । अझै सकभर हिन्दी नभए डिकच्याँउ–डिक्च्याँउ डेगको सुर न तालका गितमा नाचेर तिजमा रमाउदैछौ । यो हामी कसरी भयौ ? यो साम्राज्यवादी संस्कृतिको खेल हो । पुँजीवादी संस्कृतिको भुमण्डलीकृत रुप हो । संस्कृतिको क्षेत्रमा समेत पूँजीवाद हावी हुदै गएको अवस्था हो । यसलाई रोक्नुको विकल्प छैन ।

यतिमात्र होइन,छोराछोरीका स्कुल ड्रेस,जुत्ता च्यातिदा ,कापी कलम सकिदा नयाँ किनिदिनु पर्दा हन्हनी १०८ डिग्रीको ज्वरो आउने गर्छ । तिजमा आफ्नो लागि सिरदेखि पाउसम्म ब्रान्डेड सामग्री,गरगहना किन्दा चंै किन त्यति उत्पात खुशी हुदैछौ ? माइती र चेली बीचको माया,ममता र सद्भाव बोकेको पवित्र चार्ड तिजमा बाबा,आमा ,दाइ,भाउजू,भाई,बहिनि, सासु ,बुहारी सबैका भोगाई र भावना समेटेर यथार्थपरक तिज गित गाएर सबैलाई आनन्दित÷भावबिभोर बनाउने सक्ने कला र गलाका धनि पुराना तथा प्रगतिशील कलाकार जिवन शर्मा, चिरन पुन,वद्री पंगेनी,पशुपति शर्मा,गायिकाहरु हरिदेवी कोईराला, शर्मिला गुरुङ,बिमा कुमारी दुरा जस्ता कयौ कलाकारहरुका गितहरु सुन्न छोडिएको छ । आजभोलिका केही आकासे गायक ÷ गायिकाहरुका पूँजीवादले भिराएका छाडा, छेउ न टुप्पाका बताँसे गित सुन्नमा हामी व्यस्त छौ । अझै जुन गितको भिडियो त घरपरिवार संगै बसेर हेर्न लायक नै हुदैन । तिनै गित किन खोजी खोजी सुन्न चाहान्छौ हामी ? साँच्चिकै हाम्रो युवा पिढी कतातिर जान लागेको हो ? हामी हाम्रो समाजलाई के बनाउदै छौ ? एक पट्क प्रगतिशील सबै महिला दिदी बहिनी र सचेत नागरिकहरुले गम्भिर भएर सोच्ने वेला भएको छ ।

देशको उथलपुथल अबस्था, सत्तामा आसिन टाउकेहरुको भ्रष्टाचार, बेथिति, महंङ्गी छ । डिग्री पास गरेर पनि बिदेशीनु पर्ने हरेक युवायुवतीहरुको बाध्यता छ । दुधे बच्चा घरमा छोडेर खाडी मुलुकमा पस्नु पर्ने हजारौ महिलाहरुको विवशता छ । प्रदेशिएका सन्तान कहिले घर आउलान भनि पिँढीमा बसेर बाटो कुरिरहेका बुढा बा–आमा आशामा छन । यी सबै–सबै तिता वास्तविकताहरुका साँक्षिहरु हामी सबै छौ ।त्यसैले तिज मनाउने नाममा त्यति उपद्रो पनि नगरौ । आफुसंग जे छ त्यस्सैमा रमाऔं । अरुको देखासिख्खी नगरौ । मैले सिम्पल पहिरन गरे भने संगी साथीहरुले के भन्लान ? राम्रो खाईन भने के सोच्लान ? भन्ने कहिल्यै नसोचौ । किन कि जिन्दगी नितान्त आफ्नो हो । आफ्नो तरिकाले लाउने खाने ,चल्ने हो । मात्र आफुमा ध्यान दिउ । अरुमा हैन । बिदेशी भूमीमा रगत र पसिनासंग साटेको पैसाको महत्व बुझौ । सामान्य तरिकाले तिज मनाउँ । हामी महिला मात्रै नभएर जिम्मेवार नागरिक पनि हौँ । साम्राज्यवाद र पूँजीवादको विकृति एक्लैले होइन हामी सवै मिलेर रोकौं । पुँजीवादको विकृतिले धरैका घरवार विहिन भएका छन । हजारौ मानिसको ज्यान समेत गएको छ । पूँजीवाद र साम्राज्यवादले कसैको भलोको लागि काम गर्देन । संस्कृतिको क्षेत्रबाट पनि हाम्रो जस्तो सानो देशमा आक्रमण गरिरहेको छ । यो देखासिकी र छाडा संस्कृति हाम्रो होइन । विदेशी साम्राज्यवादको आयतित संस्कार संस्कृति हो । यसलाई रोक्नुको विकल्प छैन । त्यसैले हाम्रा पौराणिक रितिरिवाज ,मौलिकता,कला, संस्कृति र संस्कार लाई जोगाऔं । यो जोगाउनु हाम्रो दायित्व हो । यसलाई कहिल्यै नबिर्सौ । अन्त्यमा, देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण हिन्दु आमा,दिदी बहिनिहरुमा तिज (हरितालिका) को हार्दिक शुभकामना व्यक्त गर्द्छु ।

प्रतिक्रिया दिनुहोस