काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी र भारतीय दुतावासबाट सरकार ढाल्ने चलखेल सुरु भएको खुलासा गर्नु भएको छ ।
जनपत्रकार संगठन नेपालमन पत्रकारहरुसंग ललितपुरको हरिसिद्धिकी स्थिति निवासमा मंगलवार भएको भेटघाटपछि कुरागर्र्दैै नेकपाका महासचिव विप्लव सीले अमेरिकी र भारतीय दुतावसबाट सरकार ढाल्ने चलखेल सुरु भएको खुलासा गर्नु भएको हो ।
उहाँले नेपालको सरकार अमेरिकी र भारतीय दुतावासबाट ठाडो हस्तक्षेप गरेर चलाउने प्रयास गरिएको पनि दाबी गर्नु भयो ।
उहाँले भन्नु भयो ‘एमसीसी जबर्जजस्त नेपालमा कार्यान्वयनमा लिने प्रयास हुदैछ, त्यसको लागि अर्थमन्त्री बर्षमान पुनलाई कार्यान्वयन गर्न प्रतिबद्ध छौ भनेर बोल्न लगाईएको छ, यो कम्युनिष्टहरु बीच एकता हुन नदिने षड्यन्त्र हो ।’
महासचिव विप्लवले साम्राज्यवादी सबै षड्यन्त्रहरु परास्त पार्न पत्रकारहरु एकताबद्ध भएर कलम चलाउनु पर्ने बताउनु भयो ।
महासचिव विप्लवले नेपालमा साम्राज्यवादीहरुले समाजवादी मोर्चा गठन गरेको कुरा मन नपरेको भन्दै सामाजवादी मोर्चा विघठन गराउने षड्यन्त्र समेत गर्न लागेको आरोप लगाउनु भयो । उहाँले माओवादी कम्युनिष्टहरुको एकता विना साम्राज्यवादी षड्यन्त्र परास्त पारेर नेपाललाई समाजवाद तिर लिन नसकिने जिकिर गर्नु भयो ।
उहाँले नेकपा र माओवादी केन्द्र बीचको एकताको विषयमा बोल्दै माओवादी भित्र सुविधा भोगीहरु पार्टी एकता नचाहने र क्रान्तिकारी इमान्दार नेता कार्यकर्ताहरु पार्टी एकता छिटो चाहने जस्तो देखिएको बताउनु भयो ।
महासचिव विप्लवले पार्टीले दिएको प्रचार मोर्चाको जिम्मेवारी तथा कार्यभारलाई सबै जनपत्रकारहरुले विना संकोच ढुक्क भएर काम गर्न निर्देशन दिनु भयो ।
उहाँले भेटघाटका क्रममा जनपत्रकार संगठन नेपालको नविकरण गरिएको प्रमाणपत्र ग्रहण गर्दै लामो समयपछि संस्था नविकरण गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस