३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनु भएको छ । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
मतदानमा २४९ जना सांसद सहभागी हुनु भएका थिए । एक जना भने तटस्थ बसेका थिए ।
देउवलाई उहाको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।
राप्रपा विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्यो भने नेपाल मजदुर किसान पार्टी भने मतदानमा सहभागी भएन ।