प्राकृतिक प्रकोपमा परेका जनतालाई उचित राहतको व्यवस्था गर: नेकपा

असाेज २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले अविरल बर्षापछि आएको बढी पहिरोमा परि अछाम जिल्लाको कमल बजारमा १२ जना, तुर्माखादमा ९ जना र ढकारीमा १ जना गरि २२ जना नागरिकको पहिरोमा परि भएको दुःखद निधन प्रति दुख ब्यक्त गरेको छ ।

नेकपा प्रवक्ता प्रकाण्डले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पहिरोमा परि ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना ब्यक्त गरेका हुन् ।

विज्ञप्तिमा भनिएकाे छ, कैलाली, कंचनपुर, दार्चुला लगायत देशैभरि वाढी, पहिरो र डुबानका कारण धनजन र भौतिक संरचनामा हुन गएको क्षतिको घटनाले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ । सर्व प्रथम प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउने जनताप्रति पार्टी भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दछ र उहाँहरुका आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

वेपत्ता नागरिकहरुको यथासिघ्र खोजी, जोखिममा परेका जनताको वैकल्पीक बसोवासको व्यवस्था र आफन्त गुमाएका परिवार एवं प्रभावित जनतालाई उचित राहतको सिघ्र व्यवस्था गर्न नेपाल सरकारसंग माग पनि गरेकाे छ । साथै सिंङ्गो पार्टी पंतिलाई वाढी, पहिरो र डुबान प्रभावित जनताको उद्धार, राहत र सेवा कार्यमा अहोरात्र खट्न निर्देशन समेत गरेकाे छ ।

विज्ञप्ति पुर्णपाठ

प्रतिक्रिया दिनुहोस