नेकपाका महासचिव विप्लवलाई कालिकोटमा भव्य स्वागत

 

५ असार,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) कालिकोट प्रवेश गरे संगै भव्य स्वागत गरिएको छ । जिल्लाको जिते वजारमा पहिलो स्वागत गरिएको छ ।

महासचिव संगै नेकपाका सचिवालय सदस्य संतोष वुढामगर,केन्द्रीय सदस्य भरत वम रणवीर,आदर्श लगायतका नेताहरुलाई स्थानीय पार्टी र जनताले भव्य स्वागत गरेका हुन ।

महासचिव विप्लव सहितको टिमलाई सदरमुकाम मान्म वजारमा पनि भव्य स्वागत गरिएको छ ।
महासचिव विप्लवलाई आफ्नो पार्टीका नेता कार्यकर्ता देखि माओवादी केन्द्रमा रहेका नेता कार्यकर्ताले समेत भव्य स्वागत गरेका छन ।

यस्तै महासचिव विप्लवलाई सदरमुकाम मान्ममा रहेको हिमचुली कृषि सहकारी संस्थाको आयोजनामा समेत भव्य स्वागत गरिएको छ । संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले स्वागत गरेका हुन ।

महासचिव विप्लवलाई गरिएको स्वागतले जिल्लावासी नेता,कार्यकर्ता र जनता उत्साहित भएका छन । महासचिव विप्लव लामो समय पछि कालिकोट पुग्नु भएको हो ।

उहाँ प्रतिवन्धको वेला कालिकोट पुगेपनि सार्वजनिक भने हुनु भएको थिएन । महासचिव विप्लव साविकका कर्णालीका कालिकोट,जुम्ला,मुग र हुम्ला जिल्लाको अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन जुम्ला जाने क्रममा कालिकोट पुग्नु भएको हो ।

जुम्ला जानु अघि कालिकोटमा भेटघाट संगै स्वागत गरिएको हो । भोली देखि जुम्लाको खलंगामा चार जिल्लाको प्रशिक्षण हुनेछ । महासचिव आजै जुम्ला जाने कार्यसूचि रहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस