असाेज ३, कालिकोट । संविधान दिवसकाे अवसरमा जिल्ला अस्पताल कालिकोटले कैदी बन्दीहरूकाे स्वास्थ्य परिक्षण गरेको छ ।
निमित्त स्वास्थ्य सेवा व्यावस्थापक डाक्टर रत्नविर सुनार सहितको टाेलि कालिकोट कारागारमै पुगेर कैदी बन्दीको स्वास्थ्य परिक्षण सँगै औषधिसमेत वितरण गरेको हाे ।
स्वास्थ्य परिक्षणका क्रममा धेरै जसाेमा उच्च रक्तचाप समस्या रहेको डाक्टर सुनारले बताउनुभयो भयाे ।
डाक्टर सुनारले संविधान दिवसकाे अवसरमा सम्पूर्ण कैदी बन्दीहरूलाई शुभकामना कामना दिदै यश महत्त्वपूर्ण दिनमा कैद माफी पाउने कैदीहरूलाई बधाई पनि दिनुभएको थियो ।
संविधान दिवसको अवसर पारेर कैदी बन्दीकाे स्वास्थ्य परिक्षणकाे लागि डाक्टर वसुधिन अन्सारि, नर्सिङ इन्चार्ज सुजिता शाहि, हेअ लिलराज शाही, अहेब अशोक कुमार शाही, कमल महत र काेभिड स्टाेर किपर केशब बाेगटि लगायतको टाेलि कारागार पुगेको थियोे ।